aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रधानमन्त्री कप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० पुस २०७७
प्रधानमन्त्री कप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

काठमाण्डौं ।   डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–२०)  तथा पीएम कप  पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । २६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–२०) मा एक विभागीय टोली र ७ प्रादेशिक महिला टोलीले  सहभागिता जनाउँने छन् । 

यस्तै काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा जनवरी–२०२१ बाट सुरु हुने पीएम कप पुरुष ९एक दिवसीय० २०७७ को उपाधिका लागि तीन विभागीय टोली र ७ प्रादेशिक टोली प्रतिस्पर्धामा उत्रनेछन्  । दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्ने डिस होमले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस