aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

थपिए ६०८ कोरोनाका सङ्क्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० पुस २०७७
थपिए ६०८ कोरोनाका सङ्क्रमित

काठमाडौं । नेपालमा २४ घण्टामा थप ६०८ जना नयाँ कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर चार हजार १४२ जनाको पीसीआर परीक्षण भएकोमा ३७१ पुरुष र २३७ महिला गरी ६०८ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ५७ हजार २०० पुगेको छ । अहिले देशभर सात हजार ९२  कोरोना सङ्क्रमित छन् ।    पछिल्लो २४ घण्टामा ८९२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

 यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४८ हजार २९२ पुगेको छ  ।गत २४ घण्टामा काठमाडौँमा २१२, ललितपुरमा ४७ र भक्तपुरमा २० जना कोरोना सङ्क्रमित भेटिएका छन् । गत २४ घण्टामा कोरोन सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएसँगै कूल मृतक सङ्ख्या एक हजार ८१६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस