aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नयाँ प्रजातिको कोरोना भाइरस फ्रान्स पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ पुस २०७७
नयाँ प्रजातिको कोरोना भाइरस फ्रान्स पुग्यो

एजेन्सी ।  बेलायत र दक्षिण अफ्रिकामा देखिएको नयाँ प्रजातिको कोरोना भाइरस फ्रान्समा पनि फेला परेको छ । डिसेम्बर १९ मा बेलायतबाट फ्रान्स फर्किएका टुअर्स शहरका एक व्यक्तिमा नयाँ स्वरूपको कोरोना भाइरसको संक्रमण देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरस (कोभिड-१९)को खोप भर्खरै प्रयोगमा आइरहँदा नयाँ प्रजातिको भाइरस अझ खतरनाक बनेर तीव्ररूपमा फैलिन थालेपछि विज्ञहरू चिन्तित बनेका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रायले नयाँ कोरोना भाइरसबाट संक्रमित ती व्यक्तिलाई आइसोलेसनमा राखिएको जानकारी दिएको छ।

बेलायत र दक्षिण अफ्रिकामा फेला परेका कोरोनाको नयाँ रूप पहिलेका भाइरसभन्दा निकै घातक र संक्रामक रहेको जनाएको छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस