aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नयाँ कोरोना भाइरस कति खतरनाक ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ पुस २०७७
नयाँ कोरोना भाइरस कति खतरनाक ?

काठमाडौं । बेलायतसँग नेपाल फर्किएका ५ जनामा कोरोना पोजेटिभ देखिएपछि अन्य डेढ सय भन्दा बढी निगरानीमा छन् । कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको बेलायत लगायत सारा युरोप नयाँ सन्त्रासका कारण फेरि लकडाउनको स्थितीमा छ । अहिले सबैको चासोको विषय छ नयाँ कोरोना भाइरस कति खतरनाक हो ? 

सोमबार मात्र बेलायतमा ४० हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । कोरोना महामारी फैलिएयता कै सर्वाधिक बढी बिरामी फेला परेको रेकर्ड हो यो । यसरी एकैदिन यति धेरै बिरामी फेला पर्नुको कारण अन्य केहि नभएर नयाँ प्रजातिको कोरोना भाइरसका भएको अत्याधिक संक्रामक विशेषता हो ।  

त्यसो त बेलायतमा संक्रमण्ढाको दर यति बढी देखिएको छ की एक हप्तामा एक लाख ८० हजार जनामा संक्रमण फेला पर्यो । औषतमा त्यो प्रतिदिन ३६ हजार भन्दा बढी हो । 

बेलायतबाट यो भाइरस अन्य महादेश तर्फ पनि फैलिसकेको छ । डिसेम्बर २६ का दिन फ्रान्समा पनि नयाँ भाइरस पुगेको पुष्टि भयो । केहि दिन अघि बेलायतबाट फर्किएका आफ्ना नागरिकमा यस्तो देखिएपछि फ्रान्सको स्वास्थ्य मन्त्रालयले गम्भिरता प्रकट गरेको छ । 

शनिबारको दिन मात्र स्पेनमा पनि बेलायतबाट यो नयाँ भाइरस पुगेको पुष्टि भएको छ । इटाली, डेनमार्क, नदरल्याण्ड, जर्मनीमा यसअघि नै पुगिसकेको नयाँ बेलायती भाइरस सोमबार क्यानडा, फिनल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया, लेबनान र अष्ट्रेलियामा पनि भेटियो । 

यसले के स्पष्ट पार्छ भने पुर्वानुमान गरिएझै बेलायती खतरनाक कोरोना भाइरस वास्तवमै अत्यन्तै बढी संक्रामक छ । र, त्रास यसकारण बढेको छ की हालसालै सवकास गरिएको कोरोना विरुद्धको खोपले यी भाइरसमा काम नगर्न सक्छ । यसको तिव्रत्तर संक्रामक प्रवृतीले अहिले नै अस्पतालको शैयामा पुगेका लाखौँ लाख बिरामीहरुलाई मृत्युको मुखमा धकेल्न सक्ने सम्भावना छ । 

बेलायतमा हालै गरिएको एक अनुसन्धानले नयाँ भाइरसका कारण मृत्युदर अझ बढ्ने देखिएको छ । पहिलेको कोरोना भाइरस भन्दा यो ५६ प्रतिशत बढी संक्रामक छ । त्यसैले पनि यसबारेको त्रास बढ्दो छ । बेलैमा सजक नरहने हो भने फेरि नयाँ कोरोना भाइरसले अकल्पनिय वितण्डा मच्याउने देखिदैछ । 

प्रतिक्रिया दिनुहोस