
एजेन्सी । कोरोना भाइरसको नयाँ प्रकृति बारे चिन्ता बढेरेहेको बेलामा कोरोना संक्रमणपछि नयाँ साइड इफेक्टहरूका बारेमा खबरहरु आउन थालेका छन् । कोरोना संक्रमणबाट निको भए पनि धेरै व्यक्तिहरूमा कोरोनाको प्रभाव लामो समयदेखि चलिरहेको तथ्यहरु बाहिर आइरहेका छन् । जसको कारण उनीहरूले नयाँ समस्याहरूको सामना गरिरहेका छन् । भारतको मुम्बईका डाक्टरहरूले कोरोना भाइरसका केही वृद्ध बिरामीहरूमा नयाँ संक्रमण देखिरहेका छन् । यो संक्रमण कोरोनाको कारण मेरुदण्डमा समेत असर परेको देखिएको छ ।
टाइम्स अफ इण्डियाको एउटा रिपोर्टका अनुसार भाइरल ज्वरोका कारण ६ वृद्धा व्यक्तिहरुलाई भारतको जुहूको नानावती अस्पतालमा भर्ना गरिएको छ । यी सबै व्यक्तिहरू कोरोना भाइरसबाट संक्रमित थिए । यस समयमा यी व्यक्तिहरूको मेरुदण्ड संक्रमण फेला पर्यो । यी व्यक्तिहरूलाई चार हप्ता उपचार गरिएको थियो ।
अस्पतालका स्पाइन सर्जन डा. मिहिर बापटले भने, ‘कोभिड–१९ संक्रमणको कारण उनलाई अस्पतालमा भर्ना गर्नुप¥यो । यी बिरामीहरूमा संक्रमण पनि उच्च थियो । यी मध्ये ५ जनालाई मेरुदण्डको शल्यक्रिया गर्नुप¥यो । उनीहरूलाई एन्टिबायोटिक पनि दिइयो । तिनीहरूलाई पूर्ण रूपमा निको हुन ३ महिना लाग्ने छ ।’
उक्त रिपोर्टका अनुसार वसईका ६८ वर्षीय रेनल्ड सिरवेललाई सेप्टेम्बरदेखि कोरोना भाइरसको कारण अस्पतालमा भर्ना गरिएका थिए । उनको बिल अहिलेसम्म १५ लाख रुपैयाँ भारुभन्दा बढीमा पुगेको छ । उनलाई अहिले सम्म चार अस्पतालमा भर्ना गरिसकिएको छ । जसमा मेरुदण्डको शल्यक्रिया गरिएको थियो । एक नर्स दिनको तीन चोटि उनलाई एन्टिबायोटिक दिन घर आउँछिन् । यी एन्टिबायोटिकको दैनिक लागत ७००० हजार रूपैयाँ भारु पर्छ ।
प्रतिक्रिया दिनुहोस