aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

थप ५११ जनामा कोरोना पुष्टि, ६०० जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ पुस २०७७
थप ५११ जनामा कोरोना पुष्टि, ६०० जना निको भए

काठमाडौं । नेपालमा ५११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५११ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ६० हजार ५९ रहेको छ । संक्रमित मध्ये दुई लाख ५१ हजार ९१२ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ६ हजार ३०० रहेको छ ।      

पछिल्लो २४ घण्टामा ६०० जना कोरोनामुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १८४७ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस