
काठमाडौं । नेपाल टेलिकमले आजबाट आफ्नो आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एनटीटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) का माध्यमबाट आईपी टिभी हेर्नको लागि आम ग्राहकले वार्षिक १३ हजार दुई सयदेखि साढे २४ हजारसम्म शुल्क तिर्नुपर्ने गरी प्याकेज सञ्चालनमा ल्याएको हो ।
टेलिकमले आजबाट काठमाडौं उपत्यका र बनेपा सो सेवा शुरु गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । एफटीटीएच सेवाबाट भ्वाइस र इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको टेलिकमले एनटीटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) का माध्यमबाट आईपी टिभी सेवा सञ्चालनमा ल्याएको हो ।
‘भ्याइस र इन्टरनेट सेवामध्ये कुनै एक लिएका तथा दुईमध्ये एउटा सेवामात्रै लिएका ग्राहकले पनि सो सेवा उपयोग गर्न पाउने छन्,’ प्रवक्ता जोशीले भने ‘यो टिभी जडान गर्नको लागि एफटीटीएच भने पुगेको हुुनुपर्नेछ । काठमाडौ र बनेपाबाट यो सेवा शुरु गरेपनि क्रमिक रुपमा एफटीटीएच पुगेका स्थानमा सेवा विस्तार गर्दै लैजाने उनले बताए ।
विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु सहित उपलब्ध भएको एनटिटिभी सेवा कम्पनीले प्रिमियम र बेसिक गरी दुई प्याकेज पनि विभिन्न प्याकेज उपलब्ध गराएको छ । जसमा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसारको प्याकेज छनोट गर्न सक्नेछन् ।
यस्तो छ प्याकेज
बेसिक प्याकेजको मूल्य (एक टिभी) प्रतिमहिना एक हजार २ सय ३०, ३ महिनाको ३ हजार ५ सय ३० र एक वर्षको शुल्क १३ हजार २ सय २० रुपैंया तोकिएको छ । यसमा १५ एमबिपिएस इन्टरनेट, निःशुल्क टेलिफोन र एनटिटिभी सेवा उपलब्ध हुनेछ । त्यस्तै प्रिमियम प्याकेजमा प्रतिमहिना एक हजार ४ सय, तीन महिनाको चार हजार एक सय र एक वर्षको पन्ध्र हजार रुपैयाँ शुल्क तोकिएको छ ।
टेलिकमका अनुसार बेसिक प्याकेजमा एक टिभीको एक महिनाको लागि एक हजार दुई सय ३० रुपैयाँ, तीन महिनाको लागि ३ हजार ५ सय ३० रपैयाँ र एक वर्षको लागि १३ हजार २२० रुपैया शुल्क तिर्नुपर्ने हुन्छ । प्रिमियम प्याकेजको लागि १५ एमबीपीएस इन्टरनेट र एनटीटीभीसहित टेलिफोन फ्रिमा एक महिनाको लागि एक हजार चार सय, तीन महिनाको लागि ४ हजार एक सय र १ वर्षको लागि १५ हजार शुल्क तिर्नुपर्ने नेपाल टेलिकमले जनाएको छ ।
त्यसैगरी ३० एमबीपीएसको इन्टरनेटमा एक महिलामा १७ सय ५०, तीन महिनाको लागि ५ हजार र वार्षिक १८ हजार एक सयसम्म शुल्क तिर्नुपर्ने हुन्छ । ४० एमबीपीएसको लागि एक महिनाको लागि २ हजार ५०, तीन महिनाको लागि ६ हजार र वार्षिक १९ हजार ७ सय शुल्क लाग्छ ।
सरकारी सार्वजनिक संस्थानको ६० एमबीपीएस इन्टरनेट, एनटीटीभीमा टेलिफोन फ्रिको सेवा लिनको लागि भने एक महिनाको लागि २४ सय ५०, तीन महिनाको लागि ७ हजार २ सय र वार्षिक २४ हजार ५ सय शुल्क तिर्नुपर्छ ।
एकभन्दा बढी टिभी प्रयोग गरिएको अवस्थामा थप शुल्क लाग्ने छ । एकभन्दा बढी टिभी थप्ने हो भने बेसिक प्याकेजको एक महिनाकोमा २ सय २६ रुपैयाँ, तीन महिनाको लागि ६ सय ७८ रुपैयाँ र १ वर्षको लागि २७ सय १२ रुपैयाँ शुल्क तिनुपर्ने हुन्छ । त्उसैगरी प्रिमियममा मासिक ५ सय ९, त्रैमासिक १४ सय ४९ र वार्षिक ४८ सय ८२ रुपैया थप्नु पर्नेछ ।
कसरी हेर्न सकिन्छ टेलिकमको आईपी टिभि
टेलिकमले फाइबर टु द होम (एफटीटीएच) का माध्यमबाट आईपी टिभी सेवा थप गरी ग्राहकलाई उपलब्ध गराउन थालेको हो । कम्पनीको एनटीटिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच भने अनिवार्य हुनेछ । काठमडौं उपत्यकाभित्र सुन्धारा, बबरमहल, नक्साल, चावहिल, जोरपाटी, हात्तिगौडा, छाउनी, गोंगव, किर्तीपुर, बलम्बुमा सो सेवा उपलब्ध हुनेछ । त्यसैगरी पाटन, सैंबु, लुभु, ठिमी र काभ्रको बनेपामा पनि सो सेवा उपलब्ध हुनेछ ।
उपत्यका बाहिर भने फाइबर पुगेको स्थानमा उक्त सेवा क्रमिक रुपमा बढाउँदै जानेछ । जसमा चितवन, धनुषा, मकवानपुर, पर्सा, सिन्धुली, घनकुटा, झापा, मोरङ, सुनसरी, डोटी, कैलाली, कन्चनपुर, धादिङ, बाँके, दाङका केही स्थानमा टेलिकमको फाइबर उपलब्ध रहेको छ ।
यसैगरी प्युठान, सुर्खेत, बागलुङ, कपिलबस्तु, कास्की, नवलपरासी, मुस्ताङ, नवलपरासी, पाल्पा, पर्वत, रुपन्देही र तनहुँमा समेत टेलिकमको एफटीटीएच नेटवर्क पुगिसकेको छ ।
हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस, डेटा वा दुबैै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटिटिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकमको कार्यालयमा गएर सो सेवा लिन सक्ने छन् । एनटिटिभीका लागि ग्राहकले कम्पनीबाट एसटीबी (सेट टप बक्स) खरिद गर्नुपर्नेछ । उक्त बक्स ३५ सय रुपैयाँ तिरेर टेलिकमको कार्यालयबाट आम उपभोक्ताले खरिद गर्न सक्ने छन् ।
कहिले पुग्छ ७७ जिल्लामा ?
यो सेवा काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा विस्तार गर्दै जाने टेलिकमले तयारी गरेको छ । आईपी टिभि सञ्चालन गर्न टेलिकमले पछिल्लो समय एफटीटीएच (फाइबर टु द होम) इन्टरनेट सेवालाई जडानलाई तिव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पुसमा सार्वजनिक गरेको असोजसम्मको तथ्यांक अनुसार टेलिकमका एफटीटीएच ग्राहक दुई लाख ९१ हजार ३९९ रहेका छन् । हाल टेलिकमको एपटीटीएच सेवा ४९ जिल्लामा पुगेको छ ।
कसरी तिर्ने आइर्पी टिभिको शुल्क ?
टेलिकमले उपलब्ध गराउँदै आएको रिचार्ज कार्ड, अनलाइन तथा इलेक्ट्रोनिक माध्यमबाट तथा टेलिकमको कार्यालय मै गएर आईपी टिभीको शुल्क तिर्न सकिने प्रवक्ता जोशीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस