aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ पुस २०७७
भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सहमति

नयाँ दिल्ली । भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई)ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई भ्याक्सिनलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ । 

विशेष सरकारी स्रोतले एएनआईलाई शनिबार दिएको जानकारीमा भनिएको छ, “विज्ञ समितिले भारतीय बायोटेकको स्वदेशमा विकसित कोभिड–१९ विरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको छ । ” 

डीसीजीआइको विषय विशेषज्ञ समितिको बैठक (एसईसी) बैठकले स्वदेशी सङ्क्रमित विरामीमा खोपको आपतकालीन प्रयोगका  लागि आवेदन गर्ने दुई कम्पनी एसआईआई र भारत बायोटेकले बुझाएको आवेदन समीक्षा गर्न शुक्रबार दिल्लीमा बैठकको आयोजना गरिएको थियो । 

कोभ्याक्सिन भारतीय मेडिकल रिसर्च (आईसीएमआर) को सहकार्यमा भारती बायोटेकद्वारा स्वदेशी प्रविधिमा विकसित एक कोरोनाभाइरस खोप हो । एएनआई

प्रतिक्रिया दिनुहोस