aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विश्वकप क्रिकेटः भारतद्वारा पाकिस्तान पराजित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
विश्वकप क्रिकेटः भारतद्वारा पाकिस्तान पराजित

काठमाडौं । इंग्ल्याण्डमा जारी १२ औं आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई पराजित गरेको छ । भारतले पाकिस्तानमाथि ८९ रनको जीत दर्ता गरेको हो ।

पाकिस्तानलाई जीतका लागि ३३७ रनको लक्ष थियो तर जब खेल जारी रहँदा पानी पर्यो त्यसपछि डकवर्थ लुइस नियमका आधारमा जितका लागि ४० ओभरमा ३०२ रनको लक्ष्य पाकिस्तानले पाएको थियो । तर पाकिस्तानले ६ विकेट गुमाएर २१२ रन मात्र जोड्न सक्यो ।

यसअघि टस हारेर पहिला व्याटिङको निम्ता पाएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३३६ रन जोडेको थियो ।
जवाफी व्याटिङमा आएको पाकिस्तानले एक समय २६.६ ओभरमा दुई विकेट गुमाएर ११७ रन जोडेको थियो ।

तर एकपछि अर्को विकेट धारासायी भएपछि पाकिस्तान समस्यामा परेको थियो । १२९ रन जोड्दा पाकिस्तानको पाँच विकेट गुमेको थियो ।

प्रतिक्रिया दिनुहोस