
काठमाडौं । कतार – कतार एयरवेजले आफ्नो सियटलको चार साप्ताहिक उडान सुरुवात गर्ने मिति तय गरेको छ । एयरलाइनले यहि जनवरी २९ देखि उडान शुरु गर्न लागेको हो । एयरलाइन्सले साप्ताहिक चार पटकको उक्त सेवा आफ्नो अत्याधुनिक बोइङ ७७७ ले सञ्चालन गर्नेछ जसको बिजनेस क्लासमा ४२ सिट र इकोनोमी क्लासमा ३१२ सिट हुन्छ ।
कतार एयरवेजका ११ वटै अमेरिकी मार्गहरूमा क्युसुइट सञ्चालन हुने हुँदा, सियाटल लगायत संयुक्त राज्य अमेरिकामा यात्रा गर्ने यात्रुहरूले संसारको सर्वश्रेष्ठ बिजनेस क्लास सिटको मजा लिन सक्छन् ।
क्युसुइट सिटको लेआउट १–२–१ कन्फिगरेसन रहेको छ जसले यात्रुहरूलाई सामाजिक दूरी सहित आरामदायक बिजनेस क्लास अनुभव प्रदान गर्दछ । साथै, सम्पूर्ण सिएटल उडानहरूमा उपलब्ध सुपर वाइफाइ कनेक्टिभिटीको सेवाले यात्रुहरू परिवार, साथीभाइ तथा सहकर्मीको सम्पर्कमा रहन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस