
काठमाडौं । अत्याधिक वायुप्रदुषका भिजिविलिटी कमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान प्रभावित भएको छन । काठमाडौं उपत्यकाको वायु प्रदुषणमा न्यूनतम १ हजार २ सय मिटरको भिजिविलिटीभन्दा कम भिजिविलिटी कम भएपछि २० मिनेट विमानस्थलको सेवा बन्द गर्नुपरेको हो ।
त्रिभुवन विमानस्थलका निर्देशक तथा प्रवक्ता देव चन्द्रलाल कर्णका अनुसार मंगलबार दिउँसो १ः३० बजेदेखि १ः५० सम्म २० मिनेट विमानस्थल बन्द गरिएको बताएका छन। सो समयमा विमानस्थलबाट टेकअफ (उड्ने) ८ सय भिजिविलिटी र ल्याण्ड गर्न एक हजार २ सय भिजिविलिटी आवश्यक पर्ने भएकोले त्योभन्दा कम भएकाले ल्याडिङ र टेकअफ दुबै तर्फका विमानहरुलाई आकाशमै होल्ड गराइएको उनले बताए।
प्रतिक्रिया दिनुहोस