aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालको भू-उपग्रहलाई पृथ्वीको कक्षमा छाडिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
नेपालको भू-उपग्रहलाई पृथ्वीको कक्षमा छाडिँदै

काठमाडौं । नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू-उपग्रहले आजबाट पृथ्वीको कक्षमा परिक्रमा गर्नका लागि अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट छाडिने भएको छ ।

अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रस्थित किबो मोज्युलबाट अपरान्ह ४ बजेबाट नेपालको पहिलो भू-उपग्रह नेपाली स्याट-१ पृथ्वीको कक्षका लागि छाडिने भएको हो ।

बर्डस परियोजना अन्तर्गत जापानको क्युटेक विश्वविद्यालयको सहयोगमा गत वैशाख ४ गते अन्तरिक्षमा प्रक्षेपण गरिएको उक्त भू-उपग्रहलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा राखिएको थियो ।

नेपाली स्याट-१ लाई पृथ्वीको कक्षमा छाड्दै गर्दा उक्त अवसरको प्रत्यक्ष प्रसारण समेत गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

  •  

प्रतिक्रिया दिनुहोस