aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेप्सेलाई पत्र लेख्दै, होटल हायात बन्द (पत्रसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ असार २०७६
नेप्सेलाई पत्र लेख्दै, होटल हायात बन्द (पत्रसहित)

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड(हायत)ले मजदुर युनिएनहरुको हड्तालका कारण बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै तारागाउँ रिजेन्सी होटल्स लिमिटेडसँग आबद्ध अखिल नेपाल नेपाल होटल क्यासिनो तथा रेष्टुँरा मजदुर संघको हड्तालका कारण होटल बन्द गर्न बाध्य भएको उल्लेख गरेकाे छ ।

पर्यटन आवास, मोटेल, होटेल, रेष्टुरा र रिसोर्टसम्बन्धी सेवामा हड्ताल गर्न निषेध गर्न नपाइने सरकारको नीति भएपनि तारागाउँ रिजेन्सी होटल्स लिमिटेडसँग आबद्ध होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघले विभिन्न माग राखी ती मागहरु पुरा गराउने उद्देश्यले व्यवस्थापनलाई गलत प्रभाव र दबाब दिन थालेपछि प्रसासनले बाध्य भएर होटलको सम्पूर्ण सेवाहरु बन्द गर्नु परेको पत्रमा भनिएकाे छ ।

हायात होटलले कानुन विपरित र अव्यावहारिक ढंगले जग्गा कब्जा गरेको ठहर

हायातको नक्कली र अपारदर्शी कारोबार, सरकारी सम्पत्तिमा २६ वर्षदेखिको रजाइँ

तारागाउँ रिजेन्सीको १२.६३१ प्रतिशत लाभांश पास होला ?

प्रतिक्रिया दिनुहोस