aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सरकारले माग्यो कोरोना विरुद्धको खोप लगाउन फ्रन्टलाइनमा खटिनेको विवरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ पुस २०७७
सरकारले माग्यो कोरोना विरुद्धको खोप लगाउन फ्रन्टलाइनमा खटिनेको विवरण

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप प्राप्त भएपछि पहिलो चरणमा खोप लगाउनका लागि फ्रन्टलाइनमा खटिनेहरूको विवरण माग गरेको छ। शुक्रबार एक सूचना मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विवरणका लागि आवह्वान गरेको हो।

सूचनामा भनिएको छ, ‘कोरोना भाइरसको रोकथाम, नियन्त्रण, उपचार र व्यावस्थापनमा अग्रपंक्तिमा प्रत्यक्ष खटिने सरकारी, गैर सरकारी तथा निजि अस्पताल, स्वास्थ्य संस्था लगायत सबै प्रकारका सबै तहका अन्य स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको हालको अध्यावधिक विवरण पहिलो चरणको खोप लगाउन इमेल मार्फत स्वास्थ्यष् कार्यालयको समन्वयमा पठाउन अनुरोध गर्दछौं ।’ 

 

प्रतिक्रिया दिनुहोस