aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गल्फ प्रतियोगिताको उपाधि जीवन लिम्बुले जिते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ पुस २०७७
गल्फ प्रतियोगिताको उपाधि जीवन लिम्बुले जिते

काठमाडौँ । तेस्रो वार्सटाईनर गल्फ प्रतियोगिता-२०२१ को उपाधि जीवन लिम्बुले जितेका छन् । नेपाल रोयल गल्फ क्लबमा सम्पन्न भएको वार्सटाईनर गल्फ प्रतियोगितामा लिम्बुले ४२ अंक हासिल गर्दै उपाधि जितेका हुन् ।

प्रतियोगिता ३ र ४ स्टेबलफोर्ड  फर्म्याटमा खेलाइएको यस प्रतियोगितामा एसएसपी अशोक सिंहले पुरुषतर्फ ४० अंकसहित उपविजेता बनेका छन्  । त्यस्तै हृदेशकुमार सिंह ३२ अंक हासिल गर्दै ग्रस विजेता बनेका छन् भने अर्शीया बानुले ३५ अंकसहित महिलातर्फको उपाधि जितेकी छन् । त्यस्तै महिलातर्फको उपविजेता कल्याणी मोक्तान बनेकी छन् ।

त्यसैगरी ब्रिगेडियर जनरल दिलिपजंग रायमाझीले सिनियर सेक्सनको उपाधि जितेका छन् भने जनरल प्रज्वल एसजेबी राणाले सिनियरतर्फको उपविजेता बनेका छन् । त्यस्तै सोनाम लामाले मोस्ट बर्डीज अवार्ड जिते भने मिथुन राईले लन्गेष्ट ड्राइभ अवार्ड जितेका छन् ।

त्यसैगरी रोयल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले क्लोजेस्ट टु द पोइन्ट अवार्ड जितेका छन्  भने बेस्ट स्पोर्ट्सम्यान्सिपको अवार्ड कृष्णचन्द्र कायस्थले जितेका छन् । खेलका विजेताहरुलाई जावलाखेल ग्रुप अफ ईण्डष्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाह, कार्यकारी निर्देशक सचिन जोशी, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष श्रेष्ठले अवार्ड प्रदान गरेका थिए ।

विभिन्न कयाटोगरिका ११ विजेताहरुलाई वार्सटाईनर ट्रफी, आकर्षक टुर प्याकेज प्रदान गरिएको छ । नेपालमा वार्सटाईनर  प्रिमियम जर्मन बियरको सुरुवात भएको बर्ष २०१६ देखिनै  रोयल नेपाल गल्फ क्लबसँग नेपालमा गल्फ खेलको विकासका लागि यस विश्वकै प्रख्यात वियरको सहकार्य रहदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस