aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

इन्टरनेट चोरी गर्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ पुस २०७७
इन्टरनेट चोरी गर्ने पक्राउ

काठमाडौं । भायानेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्र(इन्टरनेट) मा अनाधिकृत पहुँच राखेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका–१ बस्ने करिब १८ वर्षीय किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त प्राइभेट लिमिटेड इन्टरनेट सेवा प्रदायक ग्राहकहरुको तथ्याङकमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर लगायतका सामाजिक संजालमा स्क्रिप्ट सार्वजनिक गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा ती किशोरलाई बुटवलबाट पक्राउ गरेको हो । 

ती किशोरले उक्त प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृत रुपमा पहुँच राखी डाटा व्रिच गरी ‘नरपिचास’ नामको ट्वीटर ह्नाण्डल लगायतका सामाजिक संजालको माध्यमबाट स्क्रिप्ट सार्वजनिक गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन बमोजिम कसूर गरेको खुल्न आएको र उनी उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस