
काठमाडौं । यती समुहले दरबार मार्ग स्थित नेपाल ट्रष्टको जग्गामा निर्माण गरिएको भवन नेपाल ट्रष्ट र काठमाडौं महानगरपालिकाकै आदेशमा निर्माण गरिएकोे जनाएको छ । यती समुहले मंगलबार विज्ञप्ती नै प्रकाशित गरी भवन निर्माण कानुनी आधारबाटै भएको स्पष्ट पारेको हो ।
दरबारमार्गको भवनमा सम्झौताभन्दा बढी तला थपेर भाडा लगाएको भन्ने समाचारमा सार्वजनिक भएपपछि विज्ञप्ती प्रशासन गरेको हो । सरकारले दिएको स्वीकृति अनुसार निर्माण कार्य सम्पन्न भएको र नेपाल ट्रष्टसँगको सम्झौताको आधारमा नै भवन निर्माण गरिएको, नक्सा निर्माण गरे पश्चात ट्रष्टको अनुमोदन र स्वीकृति प्राप्त भए पश्चात कानून बमोजमि सम्बन्धित निकायहरुको स्वीकृति प्राप्त गरी भवन निर्माण गरिएको हो । त्यसैले यो भवनमा ट्रष्टको स्वीकृति पछि राज्यको सम्बन्धित निकायले भवन निर्माण गर्ने अधिकार दिए पछि मात्र भवन निर्माण गरिएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा गोकर्ण रिसोर्टको भाडा रकम समेत नबुझाएको भन्ने समाचार बाहिरिएको थियो । तर, समूहले भने २०७७ मंसिर २२ गते गोकर्ण रिसोर्टले सम्पुर्ण भाडा चुक्ता गरिसकेको जनाएको छ । कोरोना भाइरस (कोभिड १९) ले व्यवसाय शुन्य भए पछि सरकार र सर्वोच्च अदालतले समेत भाडा छुट दिन आदेश दिदाँ समेत ट्रष्टको कार्यालयले असहयोग गरेको समुहको आरोप छ ।
यता ताहाचल स्थित सोल्टी होटलसँगै रहेको जग्गाका बारेमा नेपाल ट्रष्टले टेण्डर गरी लिज लागेको ३ वर्षसम्म आन्तरिक व्यवस्थापन गर्न नसक्दा उपभोग गर्न नपाएको र अदालतले २०७६ बैसाख २५ गते फैसला गरे पछि मात्र नक्सा निर्माणको काम शुरु गरेको जनाएको छ । सम्झौतामा नक्सा स्वीकृति भएको ३ वर्ष पछि मात्र भाडा रकम लागु भई बुझाउनु पर्ने भएकाले रकम बुझाउन नपरेको स्पष्ट पारेको छ ।
गलत चर्चामा ल्याएको चितवनको आँपटारी जग्गाका विषयमा भने समुहले स्पष्ट बनाएको छ । नेपाल ट्रष्टले आँपटारीको जग्गा लिजमा दिएको तर भरतपुर महानगरपालिकले उक्त जग्गा प्रयोगमा असहयोग गरेको जनाएको छ । उपभोग गर्न नपाए पछि सम्झौता रद्द गर्न भनी नेपाल ट्रष्टको कार्यालयमा निवेदन दिए पनि सुनुवाई नभए पछि धरौटी रकम र क्षतिपुर्ती फिर्ताको माग गरी न्यायालय गुहार्न पुगेको जनाएको छ । जग्गाको लिज अधिकार रिसोर्टलाई हस्तान्तरण नभएका विज्ञप्ती मार्फत स्पष्ट बनाएको छ ।
प्रतिक्रिया दिनुहोस