aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कोरोना भाइरसका दुई नयाँ स्ट्रेन विरुद्ध के अहिलेका खोप प्रभावकारी होलान ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ माघ २०७७
कोरोना भाइरसका दुई नयाँ स्ट्रेन विरुद्ध के अहिलेका खोप प्रभावकारी होलान ?

कोरोना भाइरस अलिअलि परिवर्तन (mutate) हुनु र नयाँ स्ट्रेन (strain) निस्कनु भनेको स्वाभाविक प्रक्रिया हो। सबै जीवाणुहरू परिवर्तन हुन्छन् नै । अलि अलि परिवर्तन भएर नयाँ variant  बन्छ भने धेरै परिवर्तन भए पश्चात नयाँ स्ट्रेन नै बन्न जान्छ, हो त्यसका लागि अलि समय भने लाग्छ। कोरोना भाइरसको सन्दर्भमा नयाँ स्ट्रेन बनेपछि त्यसले नयाँ जीवलाई रोग सर्न सक्ने, नयाँ तरिकाले रोग सार्न सक्ने, संक्रमण धेरै फैलाउन सक्ने र
खोपको प्रभावकारितामा फरक पर्ने जस्ता कुराहरू देखिन्छन् । 

अहिले संसारभर सबैभन्दा बढी फैलिएको स्ट्रेन D614G  हो, spike protein मा केही फरक भएको यो स्ट्रेन सजिलै मानिसको कोष भित्र छिरेर संक्रमण गर्न सक्ने भएकाले पनि यो स्ट्रेन सबै भन्दा धेरै फैलिएको हो। अहिले बेलायत तथा दक्षिण अफ्रिकामा दुई नयाँ स्ट्रेन देखा परेका छन् । बेलायतको स्ट्रेन B.1.1.7 जनवरी 11 सम्मको तथ्याङ्क हेर्दा 33 देशहरूमा र दक्षिण अफ्रिकाको स्ट्रेन B.1.351 स्ट्रेन चार  देशहरूमा देखा परिसकेको छ । 

माथि उल्लेख गरिएझैँ  फरक स्ट्रेन भएपछि खोपको प्रभावकारितामा फरक पर्न सक्दछ । त्यसैले धेरै वैज्ञानिकहरू यो नयाँ स्ट्रेनहरुको निर्मुलिकरण  अहिले प्रयोगमा आएका खोपले गर्न सक्छ कि सक्दैन भनेर अध्ययन गर्न थालेका छन् । त्यस्ता अध्ययनले देखाए अनुसार अहिले प्रयोगमा आएका Pfizer र Moderna का भ्याक्सिनले आम कोरोना भाइरसमा 95% काम गर्ने मा , बेलायतको स्ट्रेन B.1.1.7 लाई भने 80-85% सम्म नियन्त्रण गर्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । 

Astrazeneca को Oxford vaccine, रुसको Sputnik 5, चीनको  Sinovaccine, भारतको  Covaxin को सन्दर्भमा भने कुनै पनि अनुसन्धान प्रकाशनमा आएको छैन। त्यसतै गरी दक्षिण अफ्रिकामा देखिएको स्ट्रेन B.1.351 को बारेमा अध्ययन धेरै नभएको हुँदा अहिले नै के कति प्रतिशत नियन्त्रण गर्ने सकिने भन्ने कुरा स्पष्ट हुन सकेको छैन ।

 दक्षिण अफ्रिकाको स्ट्रेनमा बेलायतको स्ट्रेनमाभन्दा थप दुई ठाउँमा mutation भएकाले यस भाइरसमा भने कम प्रभावकारी हुन सक्ने प्रारम्भिक अनुमान वैज्ञानिकहरूले गरेका छन्। तर वैज्ञानिक हरू के कुरामा विश्वस्त छन् भने अहिले प्रयोगमा आएका भ्याक्सिन अहिलेसम्म देखिएका सबै स्ट्रेनका लागि प्रभावकारी हुन्छन्, हो धेरै थोरै प्रभावकारितामा फरक भने पक्कै देखिने छ ।

भाइरस धेरै जसो mutate हुने र त्यसैले नयाँ variant तथा strain देखिने भई नै रहन्छ। यसरी नयाँ देखिने कुन स्ट्रेनलाई  अहिले बिभिन्न देशहरुमा बजारमा आएका खोपले काम गर्न छोड्ने हो यसै भन्न सकिन, ढिलो चाँडै यस्ता स्ट्रेन निस्कने छन् जसका लागि नयाँ खोप आवश्यक हुन्छ । तर, अहिले बजारमा खोप निकाल्न जति समय लाग्यो त्यति धरै समय भने त्यो बेला लाग्ने छैन भन्नेमा बैज्ञानिकहरू बिस्वस्त छन् । डा साहिन, BioNTech का CEO को आङ्कलन अनुसार छ हप्ता जति समयमा नयाँ खोपमा चाहिएको परिवर्तन गरेर फेरि पनि प्रभावकारी हुने खोप चाँडै नै ल्याउन सकिने उनीहरुको भनाई छ । 

त्यसैले कोरोना भाइरसको खोप पनि सायद रुघाको लागि दिइने influenza vaccine जस्तै गरी नयाँ बनाई रहनु पर्ने हुन्छ । हो influenza vaccine जस्तो हरेक वर्ष नै नयाँ बनाउनु नपर्ला तर हरेक दुई वा पाँच वर्ष मा बनाउनु पर्ने हुन सक्छ । अनि अहिले विकसित देशहरूमा हरेक वर्ष influenza vaccine दिए जसरी corona र influenza को एउटै खोप पनि बजारमा आउन सक्ने देखिन्छ । (लेखक काठमाडौँ मेडिकल कलेज (फार्माकोलोजी)का सहायक प्रोफेसर  हुन्)

 

प्रतिक्रिया दिनुहोस