
काठमाडौं । विगत एक वर्षदेखि विश्वव्यापी माहामारी रुपमा फैलिएको काभिड–१९ बाट नेपालमा पनि ठूलो मानवीय क्षति भएको छ । कोभिड–१९ को संक्रमणबाट जोगाउन सरकारले पहिलो चरणको खोप कार्यक्रमको तयारी गरेको छ । पहिलो चरणमा अग्रपंति रहेर काम गर्ने स्वास्थ्य कर्मी र सुरक्षा कर्मी लाई खोप लगाउने तयारी गरेको हो ।
उक्त खोप खरिदका लागि सरकारले ठूलो रकमको आवश्यता पर्ने भन्दै विभिन्न दातृ निकायहरुसँग चन्दा स्वरुप रकम माग्दै सूचना जारी गरेको छ । पौस २९ गते जारी गरेको सूचनामा नेपाल सरकारको मन्त्रिपरिषदको कात्तिक २४ गतेको निर्णय अनुसार सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृती प्राप्त भएको खोप खरिद गरि लक्षित समूहहरुलाई निस्शुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक पर्ने भनि निर्णय गरेको थियो ।
उक्त रकम परिपूर्ति गर्न सरकारले दातृ निकाय, विदेशी , विभिन्न व्यवसायीक एवम् सामाजिक र परोपकारी संस्था एवम् परोपकारी संघसँग खोप कोषमा योगदान गर्न सरकारले पत्रिकामा सूचना प्रकाशन गरेर आव्हान गरेको छ । यस आव्हान अन्र्तगत योगदान गर्ने दाताहरुलाई कोष तथा लेखा नियन्त्रकको कार्यालय, त्रिपुरेश्वरको नाममा खाता नंस् १७००१००१०२०६०००० मा टेकु स्थित राष्ट्रिय बाणिज्य बैंकबाट जम्मा गर्न आग्राह गरेको छ ।
प्रतिक्रिया दिनुहोस