
काठमाडौं । नेपाल क्लियरिङ्ख हाउस लिमिटेड (एनसीएचएल) ले शुक्रबार अनलाइन कार्यक्रम आयोजना गरीे बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरूका लागि CORPORTEPAY प्रणालीको सुरूवात गरेको छ । यस प्रणालीको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा गरिएको छ ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य विशिष्ट अतिथिहरू डेप्यूटी गभर्नर चिन्तामणी सिवाकोटी , शिवराज श्रेष्ठ, कार्यकारी निर्देशक भुवन कँडेल, देवकुमार ढकाल, सम्बन्धित संघहरुका अध्यक्षहरु भुवनकुमार दाहाल, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधर, वाणिज्य बैंक, विकास बैंक तथा वित्तिय कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरू, एनसीएचएलका संचालक समितिका अध्यक्ष तथा नेपाल राष्ट्र बैंक, बैंकिंग विभागका कार्यकारी निर्देशक, नरेश शाक्य र एनसीएचएलका संचालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
कर्पोरेट प्रणाली बैंक÷वित्तीय संस्थाहरूका व्यावसायिक ग्राहकहरूको लागि सहज रुपमा डिजिटल भुक्तानी गर्नका लागि प्रदान गरिएको भुक्तानी प्ल्याट फर्म रहेको कम्पनीले बताएको छ । यस प्रणालीको सुरुवात सँगै अब व्यावसायिक संस्थाहरूले नगद वा चेकको सट्टामा वैकल्पिक च्यानल प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । यी भुक्तानीहरू connectI PS मार्फत Real-time मा तथा NCHL-IPS मार्फत Real-timeमा हुनेछन् ।
यस प्रणाली मार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, सामाजिक सुरक्षा कोषको योगदान भुक्तानी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको भुक्तानी र अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी सजिलै गर्न सकिन्छ ।
COPORATEPAY सेवा लिनका लागि व्यावसायिक ग्राहकले आफ्नो बैंकमा सम्पर्क गरी एक पटक स्विकृती प्राप्त गर्नुपर्ने हुन्छ । यस पश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनैपनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । भने, सो सीमा भन्दा बढिको कारोबार गर्न भने बैंकले थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रेहेको छ । साथै ग्राहकले आवश्यक्ता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी multi-layer authentication को सुरक्षित व्यवस्था सहित कारोबार गर्न सकिने प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस