
काठमाडौं । पानी ट्यांकी नियमित सफा गर्नुपर्छ भन्ने थाहा हुँदाहँुदै पनि उचित प्रविधि र दक्ष प्राविधिक नभएकाले सफा गर्नबाट बन्चित रहेको अवस्था छ । परम्पागत रुपमा हातको माध्ययमले पनि ट्यांकी गरिन्छ । यो अवैज्ञानिक, धेरै समय लाग्ने र पानी ट्यांकी झनै दुषित हुन्छ ।
त्यसो न गरेर पनि के गर्नु अर्को विकल्प पनि थिएन । दुषित पानीको प्रयोगले मानिसको स्वास्थ्यमा विभिन्न किसिमका रोग लाग्नबाट जोगाउन पानी ट्यांकी नियमित सफा गर्नुपर्छ भन्ने जानकारी गराउने पनि यस अभियानको मुख्य उद्देश्य रहेको छ ।
पानी ट्यांकी सफा गर्ने यो प्रविधि जर्मनीबाट आयातित, विश्वका धेरै देशमा प्रचलित र नेपालमा पहिलोपटक ल्याइएको हो । कश्यप क्रियटिभ सर्भिसेज प्रालिअन्तर्गत पानी ट्यांकी सफा गर्ने पद्दति आएको करिब ६ महिना भएको छ ।
यस बीचमा यस कम्पनीबाट १५० भन्दा धेरै घर, अफिस, व्यापारिक प्रतिष्ठान, स्कुल, कलेज, हस्पिटल इत्यादिमा काम सम्पन्न गरिसकेको छ । यसलाई प्रयोगमा ल्याएका ग्राहक यस सेवाबाट हर्षित भएको र आफन्त, इष्टमित्र, साथीभाइलाई सिफारिस गरेको अनुभव छ ।
जम्मा गरिएको पानीमा प्राकृतिक रुपमा स्वास्थ्यमा असर पार्ने किटाणुजस्तै ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ आदि उत्पत्ति हुन्छ, त्यसैले पानी ट्यांकी नियमित वैज्ञानिक प्रविधि अपनाएर सफा गर्नुपर्छ । पानी ट्यांकी खासगरी जमिनमुनी वा छतमाथि हुनाले पनि प्रयोगकर्ताको यस बारेमा खासै ध्यान नपुगेको पाइन्छ । ट्यांकी फोहोर छ भन्ने जान्दाजान्दै आधुनिक प्रविधि नेपालमा आइसकेको छ भन्ने थाहा नपाउँदा पनि धेरैलाई अन्योल रहेको छ ।
धारामा २४संंै घण्टा पानी वितरण नहुनु नै पानी ट्यांकी बनाउनुपर्ने बाध्यता हो । जुहाँ पानीको अभाव छ वा पानीको प्रयोग धेरै हुन्छm त्यहाँ यो प्रविधि अत्यन्तै लोकप्रिय छ । नेपालमा विशेषगरी काठमाडांै उपत्यकामा पानीको अभाव छ जसका कारण प्रत्येक घरमा पानी ट्यांकी आवश्यक छ।
पानी ट्यांकी बनाए पनि यसको उचित सफाइ हुन नसक्दा दुषित पानी प्रयोग गर्न बाध्य छन् काठमाडांैबासी । पानी ट्यांकीमा पानी जम्मा गरी लामो समयसम्म राख्दा किरा, फट्याङरा, झिंका, साङ्ला, कमिला, लामखुट्टे आदि पस्दा पानी थप दुषित हुन्छ ।
पारम्परागत तरिकाले ट्यांकी सफा गर्दा समस्या समाधान नभई थप दुषित बनाउँछ, त्यो झन्झटिलो, समय लाग्ने त छँदै छ कपडाले पुछ्दा टुक्रा रहने र पानीमा भिजेपछि कुहुने हुँदा किटाणु झनै फैलिने सम्भावना हुन्छ ।
आधुनिक प्रविधिको प्रयोग थोरै महँगो त हुन्छ तर तालिम प्राप्त प्राविधिक र वैज्ञानिक विधि अबलम्वन हुने, छिटो, भरपर्दो, सुरक्षित हुन्छ । हाई प्रेसर वासरले ट्यांकीको सतह, भुई सफा गरिन्छ जसले फोहरलाई फ्याँकिदिन्छ ।
यसमा किटाणु प्रतिरोधकद्वारा ट्यांकीको सतह सफा गरी भुइँमा रहेको लेउ, माटोयुक्त फोहर पानी, बालुवा, हिलो, गिट्टीलगायतका वस्तु भ्याकुम क्लिनरका माध्यमबाट बाहिर निकालिन्छ र पूर्ण सुख्खा बनाई अल्ट्रभ्वाइलेट रेज पठाई खाली सतहमा पौडी खेलिरहेका किटाणुलाई मुक्त गराई पानी ट्यांकीलाई शतप्रतिशत किटाणुमुक्त बनाउछ ।
नयाँ प्रविधिबाट सफा गरिएको पानी ट्यांकीको आयु तीन महिनादेखि एक वर्षको हुन्छ । पानीको स्रोत कस्तो छ भन्ने कुराले यसलाई निर्धारण गर्छ । यस कम्पनीद्वारा सफा गरिएपछि पानीको स्रोतका आधारमा कति समयमा सफा गर्ने थाहा दिन्छ।
पानी ट्यांकी बनाउँदा ध्यान दिनुपर्ने कुरा
१. छतमा राखिने पानी ट्यांकी सहज पहुँच हुँदा नियमित जाँच गर्न वा सफा गर्न सजिलो हुन्छ ।
२. ढक्कन बलियो गरी लगाउन पर्छ ।
३. जमिन मुनिको पानी ट्यांकी ढक्कन वरपर खुल्ला ठाउँ र सहज हुनुपर्दछ ।
४. पानी ट्यांकीको ढक्कन अग्लो बनाउनु पर्छ।
५. पानी ट्यांकीको भित्रीसतह गुणस्तरीय बनाउनु पर्छ साथै भुइ समथल हुन आवश्यक छ ।
६. पानी ट्यांकीको भुइँ ढक्कनको सिधैं तल पर्ने ठाउँमा अलि गहिरो बनाउनु पर्छ।
७. ढक्कन वरपर सधंै सफा र सुख्खा राख्नु पर्दछ।
८. केटाकेटीले खोल्न नसक्ने गरी लक गर्नुपर्दछ।
९. ढक्कन निश्चित समय बाहेक खोलिरहनु हँुदैन।
(क) Mechanical Dewatering पानी ट्यांकीमा रहेको पानी तान्नका लागि Dewatering Pump को प्रयोग हुन्छ।
.(ख) Sludge Removable पानी ट्यांकीमा रहेको हिलो माटो, बालुवा, गिट्टी इत्यादी बाहिर निकाल्न Sludge Pump को प्रयोग हुन्छ।
(ग) High Pressure Cleaning पानी ट्यांकीको भित्ता र भुईमा High Pressure Rotery Jet Machine का माध्ययमबाट सफा हुन्छ।
(घ) Vacuum Cleaning पानी ट्यांकीको सतहमा रहेको फोहोरयुक्त पानीलाई ख्बअगगm ऋभिबलभच को सहायताले तानेर बाहिर निस्कन्छ।
(ङ) Anti-Bacterial Cleaning पानी ट्यांकीका भित्ता, भुईमा ISO certified 3% hydrogen per oxide को प्रयोग गरी ब्याक्टेरिया मर्छ ।
(च) Ultra-Voilet Radiation Lamp को सहयोगले पानी ट्यांकीको खाली भागमा पौडिएर बसेका ब्याक्टेरिया मर्छ।
यसरी सफा गर्दा पानी टंकी शतप्रतिशत ब्यक्टेरिया निर्मुल भई प्रयोग गर्न तयार हुन्छ।
यो प्रविधि प्रयोग गर्दाका फाइदा
(क) यो जर्मन प्रविधि अनुसारका विद्युतीय उपकरण दक्ष प्राविधिकद्वारा प्रयोग हुने, आईएसओ मान्यता प्राप्त पर्यावरणीय ब्याक्टेरियामुक्त औषधिको प्रयोग तथा । बिकीरण प्रयोग गर्दै पानी टंकीलाई शतप्रतिशत ब्यक्टेरिया मुक्त बनाउँछ। यो प्रविधि पारम्परिक तरिकाभन्दा छिटो र भरपर्दो हुन्छ।
(ख) तालिम प्राप्त दक्ष प्राविधिक सुरक्षालाई मुख्य ध्यानमा राख्दै कार्य हुन्छ।
(ग) पानी ट्यांकीको प्रकार र आकारका आधारमा केही मिनेटभित्रै कार्य सम्पन्न गरिन्छ।
(घ) पारम्परिक प्रक्रियामा Phenyl, Detergent, acid जस्ता हानिकारक केमिकल को प्रयोग हुन्छ र कपडाले सफा गरिने हुँदा झन् झटिलो त हुन्छ नै कपडाको टुक्रा रहने हुँदा पानीमा कुहिने र त्यहाँ ब्याक्टेरियाको स्रोत बन्ने खतरा हुन्छ भने आधुनिक पद्दतिमा कपडाको प्रयोग नहुने पानीको फोहोराबाट टंकीको भित्री सतहमा टाँसिएर रहेका फोहोर सजिलैसँग अत्याधुनिक Vacuum Cleaner को प्रयोग गरि बा निकालिन्छ।
यो प्रविधिले पानी ट्यांकी सफा गर्न कति समय लाग्दछ ?
३००० लिटर जमिनमुनि पानी ट्यांकी सफा गर्न ३०–४० मिनेट लाग्छ भने १००० लिटरको छतमा रहेको प्लाष्टिक पानी ट्यांकी सफा गर्न करिब ४५ मिनेट लाग्दछ भने १५००० लिटरभन्दा माथिका जमिनमुनि पानी ट्यांकी सफा गर्न १–२ घन्टा लाग्दछ ।
पानी ट्यांकी नियमित किन सफा गर्ने ?
जम्मा गरेर राखिएको पानीमा ब्याक्टेरिया हुर्किने र अन्य किरा पनि भित्रिने हुँदा समयमा नै सफा नगरे Algae, Fungi बन्दछ र यसले पानीलाई थप दुषित बनाउँछ जसका कारण बिभिन्न रोगहरु जस्तै Cholera,Typhoid ,Jaundice ,Dengue,Hepatitis A,Protozoal food poisioning लगायत चर्म रोग जस्ता अनेकन रोग लाग्दछ।
मसँग RO, Aquaguard छ मेरो भान्सामा त्यसकारण म सफा पानी पिउँछु, किन पानी ट्यांकी सफा गर्नु पर्यो?
खानेपानी मात्र सफा पिएर पुग्दैन। पानी नुहाउन, भाँडा माज्न कपडा धुन पनि प्रयोग गरिन्छ । शरीरका माध्ययमबाट थोरै–थोरै पानीभित्र प्रवेश गर्ने हुनाले लामो समयपछि स्वास्थ्यमा समस्या देखिन थाल्छ । फोहोर पानीको प्रयोगबाट कपडा सफा गर्ने उपकरण जाम हुँदा जिर्णोद्धार गर्न समय र पैसा खेर जान सक्दछ।
त्यसोभए सफा गर्ने कुरामा मेरो ध्यान किन गएन ?
पानी ट्यांकी कि त छतमाथि वा जमिनमुनि रहने हुँदा मानिसको ध्यानमा रहँदैन र समयमा सफा गर्न ध्यान जाँदैन।
पारम्परिक ढाँचा र आधुनिक प्रविधिमा भिन्नता के छ?
कार अथवा मोटरसाइकल घरायसी सामग्री प्रयोग गरी सफा गर्दा र वर्कसपमा लगेर मेसिनको सहायताले गर्नुमा जस्तै फरक हुन्छ । आधुनिक प्रविधिको प्रयोगले छिटो र कैयौं गुना गुणस्तरिय हुन्छ।
तपाइले प्रयोग गर्ने ब्यक्टेरिया नाशक औषधि के मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ?
हुँदैन, किनकी । औषधि हो जुन मानव स्वास्थ्य वा पर्यावरणकाप्रिय हुन्छ जसका कारण यस प्रविधिलाई Ecotechnology पनि भनिन्छ।
तपाईले काम गर्दा खतरा हुँदैन?
सभ्भाबित खतरालाई ध्यान दिन सुरक्षा हेलमेट, चस्मा, पन्जा, गमबुट इत्यादि लगाई काम गरिन्छ जसले सुरक्षित वातावरण तयार पार्दछ।
सफा गर्न शुल्क कति लाग्छ?
जमिनमुनि रहेको पानी ट्यांकी प्रतिलिटर ४० पैसा र जमिनमाथि वा छतमा रहेका पानी टंकीको प्रतिलिटर १ रुपैयाँ लाग्दछ।
यो प्रविधि अरु कुन देशमा प्रचलित छ ?
विकासशील देश जहाँ २४सैं घण्टा धारामा पानी आउँँदैन र जहाँ पानी सञ्चय गरेर राख्नुपर्ने हुन्छ । त्यहाँ यो प्रविधि निकै लोकप्रिय छ । जस्तै भारत, श्रीलंका, बंगलादेश, म्यानमार, दक्षिणपूर्वी देश र प्रायः अफ्रिकन र दक्षिण अमेरिकी देश ।
प्रतिक्रिया दिनुहोस