aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतमा लगाइरहेको भ्याक्सिनबाट कति समयसम्म इम्युनिटी दिन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ माघ २०७७
भारतमा लगाइरहेको भ्याक्सिनबाट कति समयसम्म इम्युनिटी दिन्छ ?

एजेन्सी । भारतमा शनिबारबाट कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउन शुरु भएको छ । भारतको सिरम इन्टिच्यूटको कोभिशिल्ड र बायोटेकको भ्याक्निस लगानउ शुरु भएको हो । यो भ्याक्सिन १४ दिन भित्र दुइपटक लगाउन पर्ने हुन्छ । तर, यो भ्याक्सिन लगाइसकेपछि कति समयसम्म यसले इम्यूनिटीको विकास गरिरहन्छ भन्ने तथ्या भने हालसम्म पनि बाहिर आएको छैन । 

गएको सेप्टेम्बरमा अमेरिकाको माडर्ना र फाइजर बायोटेकले उत्पादन गरेको भ्याक्सिन लाखौ मानिसमा लगाइएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सले यो भ्याक्सिनको इफेक्टीभनेस ९५ प्रतिशत भनेको थियो । यो भ्याक्सिनले पनि कति समयसम्म मानिसमा इम्यून बनाइराख्ने भन्ने अझै पनि रहस्यकै रुपमा रहेको छ । 

अहिलेसम्म विश्वभरीका विज्ञहरुका अनुसार अब गरिने अनुसन्धानहरुबाट मात्र भ्याक्सिन लगाइसकेका मानिसको शरिरमा कति समयसम्म इम्यूनिटी रहन्छ भन्ने थाहा पाउन सकिन्छ ।  


 

प्रतिक्रिया दिनुहोस