aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ माघ २०७७
एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सर्फमेसन योजनाअनुरुप  आफ्ना ग्राहककालागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । यो च्याट सेवाको डिजिटल प्लेटफर्म मार्फत ग्राहकले एनसेलको सेवातथा सुविधाहरुकाबारेमा जानकारी सजिलै लिन सक्ने कम्पनीले जनाएको छ । 

च्याटबोट सेवा ‘माया’एनसेलले आफ्नो नयाँअभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पनागर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ । यो सेवाएनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्धछ जसअन्तर्गत एनसेलकाग्राहकले च्याटबोट मार्फत एनसेलको सेवालिन, आफ्ना प्रश्नवागुनासोहरु राख्न सक्छन् ।

च्याटबोट सेवा ‘माया’ माघ ४ गते देखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा उपलब्धभएका छन् । यस प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याकखरिद गर्न, भिसातथा मास्टरकार्डबाट रिचार्ज गर्न, एनसेलको सेवातथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिनतथाकुनै गुनासो भए राख्न सक्छन् । 

एक दूरसञ्चार सेवाप्रदायकको रुपमाआफ्ना ग्राहकलाई नवीनसेवा सुविधाहरु प्रदानगर्दै ग्राहकअनुभवलाई अभिवृद्धि गर्न एनसेल सदैव तत्पर छ । यस नवीनडिजिटल सेवाले ग्राहक सेवालाई थप परिस्कृत गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । 

ग्राहकअनुभवलाई अभिवृद्घि गर्न एनसेल प्रतिवद्घ रहेको छ । यसै प्रतिवद्घताअनुरुपकम्पनीले ग्राहकलाई सामाजिक सञ्जाजहरु मार्फत पनिग्राहक सेवाप्रदानगर्दै आएको छ । आफ्नो नयाँअभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत एनसेलले आगामीदिनमाग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै थपनयाँतथानविन सेवाहरु ल्याउँदै जानेछ ।
 

प्रतिक्रिया दिनुहोस