
काठमाडौं । सरकारले एकतारेदेखि पाँचतारेसम्मका होटलहरूको वर्गीकरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल, लज, रेष्टुराँ बार तथा पथ पदर्शक नियमावली २०३८ ले दिएको अधिकार प्रयोग गरी होटलहरूको वर्गीकरण गरेको हो । होटल, रिसोर्ट, पर्यटन ईन, पर्यटन लज, मोटेल तथा बेड एण्ड ब्रेकफाष्ट(बी एण्ड बी) र मापदण्डहरूको हेरफेर गरेको हो । नयाँ मापदण्डअनुसार होटलले दिने सेवा सुविधा २४ सै घण्टा उपलब्ध हुनुपर्नेछ ।
काठमडौंभित्रको होटलहरूमा कम्तीमा २० वटा देखि १५० वटा सुत्ने कोठा अनिवार्य हुनुपर्ने व्यवस्था होटलहरूको वर्गीकरणमा गरिएकोे छ । सो व्यवस्थाअनुसार ५ तारे डिलक्स होटलको १५० वटा सुत्ने कोठा अनिवार्य हुनुपर्नेछ । पाँच तारास्तरको होटलको एक सय कोठा, चारताराको ८०, तीनताराको ६० वटा सुत्ने कोठा अनिवार्य हुनुपर्ने व्यवस्था नयाँ वर्गीकरणले गरेको छ । त्यसरी नै दुईतारास्तरको होटलमा ४० र एकतारामा २० वटा सुत्ने कोठा हुनुपर्नेछ । काठमाडौ बाहिरको होटलको हकमा भने सुत्ने कोठको संख्या क्रमशः १००, ८०, ६०, ४५, ३० र १५ हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी पाँचतारा डिलक्स होटलमा ४० वटा सवारी साधान पार्किङ हुनै पर्ने व्यवस्था गरेको छ । ४० वटा सवारी साधन पार्किङ नभएको होटल पाँचतारा डिलक्सको मापदण्डभित्र पर्दैन । पाँचतारामा २५, चारतारामा, २०, तीनतारामा १५, दुईतारामा १० र एकतारामा ५ वटा सवारी साधान अट्ने हुनुपर्ने जनाइएको छ ।
होटल निर्माण गर्दा भवन आचार सहिंता, सांस्कृति एवम् ऐतिहासिक सम्पदाको प्रतिबिम्व हुने वा अवरोध हुनु हुँदैन । होटलको प्रवेश द्वारमा नै स्पष्ट देखिने गरी नेपाली र अंग्रेजी भाषामा नाम लेखिएको हुनुपर्नेछ । होटलमा उपलब्ध हुने सुविधा देखिने गरी नक्सा, मेनु तथा होटलको लवीमै महिला पुरुषको लागि छुट्टाछुट्टै शौचालय र सुज पोलिसको समेत व्यवस्था हुनुपर्नेछ ।
होटलले कम्पनी दर्ता र सञ्चालन इजाजत पत्र, तारा अंकित प्रमाणपत्र रिसेप्सनमा देखिने गरी राख्नुपर्नेछ भने रिसेप्सनमा बस्ने कर्मचारी नेपाली भाषाका साथै अंग्रेजी राम्रोसँग बोल्न जान्ने हुनुपर्नेछ ।
साथै नयाँ व्यवस्थाले ट्राभल डेक्स राख्न सक्ने अपेक्षा गरेको छ । पत्रपत्रिका र जानकारीमूलक सामग्री पनि राख्नु पर्नेछ । होटलमा भुईतला सहित ३ तला वा सोभन्दा माथिको तलामा २४ सै घण्टा लिफ्टको व्यवस्था हुनुपर्ने अपेक्षा पनि राखेको छ । प्रत्येक तलामा फायर हाइड्रेट सिगटम हुनुपर्नेछ । आपतकालीन अवस्थाम बाहिर निष्कन सुरक्षित मार्ग तथा तरिका खुलाइएको सुचन टाँस गरिएको हुनुपर्नेछ ।
होटल प्रवेश गरेदेखि चौबीसै घण्टा सीसीटीभीले निगरानी गरेको र सो निगरानी कम्तीमा ६ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था पनि नयाँ मापदण्डमा उल्लेख गरिएको छ ।
त्यसरीनै कोठको क्षेत्रफल पनि एकतारादेखि पाँचतारासम्मको छुट्टाछुट्टै व्यवस्था गरेको छ । होटलमा सिंगल बेडरुमका लागि १५० देखि २२५ वर्गफिटसम्म हुनुपर्ने व्यवस्था गरेको छ भने डब्बल बेडरुमका लागि १७० वर्गफिटदेखि २५० वर्गफिट हुनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस