
काठमाडौं । भारतले नेपाल सरकारलाई १० लाख डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (बुधबार) पत्रकार सम्मेलन गरेर १० लाखख डोज खोप दिएको जानकारी दिएके हो ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको बताए। भ्याक्सिनको पहिलो खेप बिहीबार नै काठमाडौं आउने मन्त्री त्रिपाठीले बताए। उनले भने, ‘फागुनमा आउँछ भनेको थिएँ। अब पहिलो खेप भोलि नै आउँछ। मलाई कारवाही हुँदैन होला नि ? सरकारको निरन्तर प्रयास र भारतको सहयोगमा अनुदानमा नै भ्याक्सिन आउन लागेको हो’ उनले भने।
औषधि व्यवस्था विभागले अघिल्लो साता भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको अक्सफोर्ड एष्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।
प्रतिक्रिया दिनुहोस