aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

यस्ता मानिसले कोरोना विरुद्धको खोप लगाउन हुँदैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ माघ २०७७
यस्ता मानिसले कोरोना विरुद्धको खोप लगाउन हुँदैन

एजेन्सी । कोरोना भाइरस फैलिएको एक वर्ष पछि अहिले विश्वका केहि देशमा कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । भारतमा उत्पादित खोप ‘कोविशिल्ड’ भ्याक्सिन भारतले १० लाख डोज दिने भनिएको खोप बिहिबार नेपाल आइपुग्दैछ ।  

नेपाललाई दिने भनिएको भारतमा उत्पादित खोप भारतमा ६ लाख भारतिय नागरिकले लगाइसकेका छन् । भारतमा खोप लगाएका मध्ये एक हजार जनालाई यसको साइड इफेक्ट देखिएको छ । जसमा गम्भिर साइड इफेक्ट देखिएकोमा ७ जना मध्ये २ जनाको ज्यान गएको छ ।   

कस्ता व्यक्तिले कोरोना विरुद्धको खोप लगाउन हुँदैन भनेर धेरैको जिज्ञासा छ । चिकित्सकका अनुसार गर्भवती महिला, स्तनपान गराइरहेका महलिा, धेरै ज्वरो आएका व्यक्तिले कोरोना खोप लगाउन हुँदैन । 

त्यस्तै एलर्जी भएका व्यक्तिले पनि यो भ्याक्सिन लगाउन हुँदैन । इम्युनिटि पावर कम भएका व्यक्ति, पातलो रगत भएका व्यक्तिले कोरोना भाइरस विरुद्धको खोप लगाउन नहुने चिकित्सकको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस