aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ माघ २०७७
सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

सुर्खेत । सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा खोप यहाँ आउन लागेको बताए ।

उनले यहाँको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आउने खोप प्रादेशिक अस्पतालका साथै जिल्ला अस्पतालबाट लक्षित वर्गलाई लगाइने जानकारी दिए। यहाँ कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालको सरसफाइमा खटिने सरसफाइकर्मीमा उक्त खोप लगाउने तयारी रहेको निर्देशनालयले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार यहाँका जिल्लाबाट करीब १४ हजार ६६६ स्वास्थ्यकर्मी, १२ हजार ७० सुरक्षाकर्मीको तथ्याङ्क निर्देशनालयमा पुगेको जोशीले बताउछन । सोमध्ये बढी कैलालीमा तीन हजार ९४ स्वास्थ्यकर्मी र चार हजार ७१९ सुरक्षाकर्मी कोराना विरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । भारत सरकारले अनुदानमा दिएको कोरोना खोप केही दिनअघि मात्रै नेपाल आइपुगेको थियो । रासस

प्रतिक्रिया दिनुहोस