aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

पोर्चुगलमा कोभिडबाट मृत्यु भएका तीन नेपालीलाई राहत वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ माघ २०७७
पोर्चुगलमा कोभिडबाट मृत्यु भएका तीन नेपालीलाई राहत वितरण

काठमाडौं । कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ । कोभिडको शुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणको आपतकालीन राज्य घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको नेतृत्वमा कोभिड राहत वितरण समिति गठन भएको थियो । समिति गठनपछि पहिलो चरणको राहत वितरण गरिएको थियो । उक्त राहत वितरणबाट ४०० नेपाली समुदाय लाभान्वित भएका थिए ।

हाल पोर्चुगल सरकारले तेस्रो चरणको आपतकालीन राज्य घोषणा गरेपछि धेरै नेपालीले रोजगारी गुमाउनु परेको छ । राहत समितिले कोभिड लागेका व्यक्ति, सुत्केरी महिला, वृद्धवृद्धा र दीर्घ रोग भएका पीडितलाई मध्यनजर गरी राहत वितरण गरिने बताएको छ ।

हत वितरण व्यवस्थित गर्न कोभिड राहत वितरण समितिको सचिवालयले समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न समितिका सचिवालय सदस्य तथा प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र पत्रकारहसहितको तथ्याङ्क सङ्कलन समिति गठन गरेको छ ।

उक्त समितिले वास्तविक समस्यामा रहेकाहरुलाई पहिचान गर्ने र उनीहरुको अवस्थाअनुसार राहत वितरणका लागि सिफारिस गर्ने समितिका संयोजक पौडेलले जानकारी दिनुभयो । कोभिडका कारण पोर्चुगलमा तीन नेपालीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस