
काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो खोप अभियान देशभर शुरु भएको छ । पहिलो चरणमा नेपाल सरकारले फ्रन्टलाइनमा रहेर सेवा गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई कोरोना भाइरसविरुद्ध अभियान शुरु गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट खोप अभियान शुरु गरेका छन। काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल पहिलो चरणको खोप लगाइने छ ।
त्यस्तै, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।देशका सातै प्रदेशमा खोप पुर्यासकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस