
काठमाडौं । किष्ट शिक्षण अस्पतलमा कोभिड १९ विरुद्धको खोप लगाएको छ । स्वास्थ्य कार्यालय ललितपुरले कोभिड १९ विरुद्धको खोप प्रदान गर्न निर्धारण गरेका तीन स्थानहरुमध्ये यस किष्ट शिक्षण अस्पतल पनि खोप लगाएको हो ।
ललितपुरको दक्षिणी भेगमा अवस्थित करिब ३६ स्वास्थ्य संस्थाहरुमा कार्यरत ३ हजारको हाराहारीका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षा तथा सरसफाई कर्मचारीहरुलाई बुधबारका दिनबाट खोप लगाउन शुरु गरेको छ ।
बुधबार बिहान १० बजे खोप कार्यक्रमको प्रथम सेवाग्राही यसै शिक्षण अस्पतालका मेडिसिन विभागका विभागीय प्रमुख एवं श्वासप्रश्वास रोग बिशेषज्ञ प्रा.डा. मिलेस ज¨ सिजापतिलाई खोप प्रदान गरी शुभारम्भ गरियो ।
राष्ट्रिय अभियानको यस महत्वपूर्ण जिम्मेवारीलाई सगर्र्व निर्वाह गर्न यस शिक्षण अस्पताल कटिबद्ध रहेकोछ । सेवाग्राहीका सुविधाका लागि वेटि¨ कक्ष, रजिष्टे«शन डेक्सका साथै ६ वटा खोप डेक्सहरु र त्यहाँ खटिने प्राविधिक एवं स्वयंसेवक कर्मचारीहरुलाई आवश्यक तालिम दिई खटाईएको छ ।
खोप लिने व्यक्ति (सेवाग्राही) लाई खोप कार्डमा उपलव्ध विवरणहरु जानकारी गराई दस्तखत वा ल्याप्चे लगाई मञ्जुरी लिई मात्र खोप प्रदान गरिएकोछ । दोश्रो मात्रा (डोज) खोप लिनका लागि खोप केन्द्रबाट उपलब्ध गराईएको कार्ड सुरक्षित राख्नुपर्ने किष्ट शिक्षण अस्पतालका प्रमुख परिचालक अमिश पाठकले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस