aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

वर्ल्डलिंकले १४ ठूला शहरमा डाटासेन्टर बनाउन ३ करोड लगानी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ माघ २०७७
वर्ल्डलिंकले १४ ठूला शहरमा डाटासेन्टर बनाउन ३ करोड लगानी गर्ने

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालले १४ ठूला शहरहरूमा इन्टरनेट डाटासेन्टर (आईडीसी) निर्माण गर्ने घोषणा गरेको छ । उक्त इन्टरनेट डाटा सेन्टरका लागि आगामी ३ बर्षमा वर्ल्डलिंकले डाटासेन्टर निर्माण गर्न करिब तिन सय करोडको लगानी गर्ने कम्पनीले जनाएको छ।

यसको उद्देश्य हाम्रो ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा दिन साथै डिजिटल नेपाल निर्माण गर्न सहयोग गर्नु हो। यी इन्टरनेट डाटासेन्टरहरूको सुविधाले गर्दा सबै प्रयोगकर्ताहरुले इन्टरनेट सामग्रीहरु छिटो,  सस्तो र अधिक विश्वसनीय स्तरको पाउनेछन ।

 सरकारी र निजी संस्थाहरूले उनीहरूको आफ्नो डिजिटल र क्लाउडमा आधारित पूर्वाधारहरु संचालन गर्न एउटा धेरै नै सुरक्षित र भरपर्दो विश्वस्तरीय सुविधा प्राप्त गर्नेछन । वर्ल्डलिंकले डाटासेन्टर निर्माणमा  नेपाल दुरसंचार प्राधिकरण, नेपाल बिधुत प्राधिकरण तथा नेपाल सरकार संग सहकार्य गर्ने छ र यो पूर्वाधार डिजिटल नेपालकै अति महत्वपूर्ण पूर्वाधार को रुपमा  स्थापित हुनेछ ।

 यी डाटासेन्टरहरु नेपालका हरेक प्रदेशमा कम्तिमा एउटा डाटासेन्टर रहने गरी स्थापना गर्ने निर्णय गरिएको भएको हो  । १४ डाटसेन्टरहरूमध्ये काठमाडौंको डाटासेन्टर सबैभन्दा ठूलो , अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुनेछ भने अन्य बाँकी डाटासेंटरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुने कम्पनीले जनाएको छ ।

 यी डाटा सेन्टरहरू तटस्थ र  सहप्रयोग सुविधायुक्त हनेछन  यसको अर्थ यो सुविधाले वर्ल्डलिंकको पूर्वाधार मात्र व्यस्थापन गर्दैन कि अन्य इन्टरनेटसेवा प्रदायकहरू, टेलिकमहरु लगायत सरकारी , निजी संस्थाहरू र  सम्पूर्ण  देशलाई लाई चाहिने सूचना प्रविधि, दुरसञ्चार पूर्वाधारको व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ ।

विश्वव्यापी रुपमा इन्टरनेट ट्राफिक अभूतपूर्व तवरले बृद्धि भइरहेको छ जसले गर्दा इन्टरनेटको पूर्वाधारमा दबाव र प्रयोगकर्तालाई प्राप्त हुने इन्टरनेटको अनुभव र गति बिग्रिदै गएको छ । गुणस्तरिय किसिमको इन्टरनेट प्रयोगका लागि याँहानै सकेसम्म प्रयोगकर्ताहरूको नजिक स्थानीय रूपमै सर्भरहरू हुनु आवश्यक हुन्छ, जसले इन्टरनेट सामग्रीहरुलाई प्रयोगकर्ताहरूको लागि भण्डार गर्दछ ।

 नेपालले इन्टरनेट ट्राफिकमा पनि डिजिटल सेवाहरूको उपयोगमा उल्लेखनिय बृद्धि हुने सम्भावना देखिरहेको छ । यसबाहेक सरकारले डिजिटल नेपाललाई नेपाल सरकारको राष्ट्रीय गौरव परियोजनाको रूपमा पनि घोषणा गरेको छ, त्यसैले अब दुरसंचार पूर्वाधार,  नेटवर्क र विकसित प्रबिधिको ठूलो आवश्यकता पर्नेछ ।

सरकार र निजी क्षेत्रका संस्थाहरूले छिटो उच्च प्रबिधि यूक्त डिजिटल प्रबिधिहरूसँग अनुकूल बनाउनुपर्ने हुन्छ  र साथै क्लाउडमा आधारित सेवाहरुमा समेत छिटो भन्दा छिटो अघि बढ्नु पर्नेछ । यस आवश्यकतालाई पूरा गर्न नेपाल भित्र एक सुरक्षित र भरपर्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त तथा सुबिधा भएको डाटासेन्टर हुनु हालको समयको आवश्यकता रहेकोछ ।
 
 

प्रतिक्रिया दिनुहोस