aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण गर्ने तयारीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ माघ २०७७
दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण गर्ने तयारीमा

काठमाडौं । दृष्टिविहीन अमिट केसीले आगामी चैत्र २८ गते सगरमाथाआरोहण गर्ने भएका छन् । स्थायी घर बाग्लुङको जैमिनी नगरपालिका–४ फर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भए पनि आर्थिक अभावमा परेकोले सहयोगीमनहरुलाई सहयोग गरिदिन अपिल गरेका छन् । 

आइतबार नेपालमा दृष्टिविहीन अमिट केसीले सगरमाथा आरोहण अभियानको घोषणा–२०२१ ले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन । कार्यक्रममापूर्व सिडिओ कैलाशनाथ खरेल, समाज सेवी ईन्दिरा राना, सरस्वती क्याम्पसका सह–प्राध्यापक चन्द्रबहादुर केसी, अपांगता मैत्री समाजका अध्यक्ष काशिलाल श्रेष्ठ सहभागी थिए । उनीहरुले केसीलाई सफल सगरमाथा आरोहणका लागि शुभकामना दिए । 

कार्यक्रममा बोल्दै केसीले लायन्स क्लब ईन्टरनेश्नल सय वर्ष पुगेको अवसरमा आफूले सन् २०१७मा क्लबको झण्डा बोकेर सगरमाथा आरोहणमा गएको तर चौथो आधार शिविरमा पुगेर अग्सिजन समाप्त भएर फर्किएको सुनाए ।

उनले भने–‘मैले त्यति वेला पनि सगरमाथाको सपनात्यहीँ छोडेर शरिर लिएर फर्केको छु भनेको थिएँ । मैले त्यति वेला पनि पूनःआउने भनेको थिए । अहिले सगरमाथा चढ्ने तयारी पूरा भयो । मानसिक रुपमा तयारी अवस्थामा भएपनि आर्थिक अभावको कारणले यो  अभियान संकटमा छ ।’ उनले यो अभियान सफल पार्नको लागि आर्थिक सहयोग गर्न आग्रह सबैमा आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस