_20210202180454.jpg)
काठमाडौं । नेपालमा भ्रमण गर्न आउने पर्यटकहरू बस्नका लागि प्रायः पाँच तारे होटल रोज्ने गर्छन । यस बाहेक खर्च गर्न सक्ने नेपालीहरूले पनि विभिन्न कार्यक्रम, सभा र सम्मेलन तथा गोष्ठीहरु गर्न तारे होटल नै रोज्न गरेको पाइन्छ । सरकारले भ्रमण वर्ष मनाउँदै गर्दा होटलहरू खुल्ने क्रम पनि बढ्यो । कोरोना भाइरसका कारण कतिपय होटलहरु कर्मचारी पाल्न नसक्ने अवस्थामा पुगे भने केहि होटलहरु बन्द पनि भए ।
अहिले झण्डै २० अर्बको लागतमा नेपालमा १६ वटा पाँच तारे होटलहरु सञ्चालनमा रहेका छन् । १६ वटा पाँच तारे होटलहरूमध्ये तीन वटा होटलले मात्रै नवीकरण गरेका छन् । अन्य पाँच तारे होटल नवीकरण नगराइ सञ्चालन भइरहेका छन् । होटल नवीकरण नगर्दा कुनै जरिवाना नभएकोले होटलहरूले नवीकरण गर्न चासो नदेखाएको पर्यटन विभागले जानकारी दिएको छ । यदि अन्य उद्योग व्यवसायजस्तै होटल पनि निश्चित समयभित्र नवीकरण गर्नुपर्ने कानुनी प्रावधान नहुँदा नवीकरणको विषय होटल सञ्चालकहरूको प्राथमिकतामा नपरेको विभागले बताएको छ ।
सोल्टी होटल
नेपालमा सबैभन्दा राम्रो र सुविधा सम्पन्न पाँचतारे होटलको सूचीमा रहेको सोल्टी होटल हो । नेपालमा आउने ठूला भीभीआईपी पहुनाहरू बस्नको लागि बढी प्रयोग हुने उक्त होटलमा विश्वमा पाइने सबै प्रकारका सेवा सुविधा छन् । सोल्टी होटलको कुल पूँजी ७३ करोड २७ लाख रहेको छ । २८२ कोठा भएको उक्त होटलमा ४१७ वटा बेड रहेका छन् । होटलको नवीकरण पछिल्लो पटक २०७१/२/१९ गते गरिएको थियो ।
होटल द फूलबारी
होटल द फूलबारी पोखरामा रहेको छ । यस होटलको कूल पुँजी ७९ करोड रहेको छ । यस होटलको लामो समयदेखि बन्द रहेकोले यसको नवीकरण गरिएको छैन ।
तारागाउँ रिजेन्सी होटल
काठमाडौंको बौद्धमा अवस्थित होटल तारागाउँ रिजेन्सी पाँच तारे होटलमध्ये एक हो । यस होटलको कूल पुँजी एक अर्ब ८८ करोड ६६ लाख रहेको छ । यसको २०७०/५/३० गते पछिल्लो नवीकरण गरीएको छ । होटल नवीकरण ५/५ वर्षमा गर्नु पर्ने भएपनि यसको नवीकरण म्याद सकिसकेको छ ।
याक एण्ड यति
काठमाडौंको दरबारमार्गमा अवस्थित होटल याक एण्ड यति चर्चित पाँच तारे होटलमध्ये एक हो । राजधानीको मुटुमा अवस्थित सबै सेवा सुविधा सम्पन्न उक्त होटल पर्यटकले सधै भरिभराउ हुनुका साथै विभिन्न कार्यक्रम पनि हुने गर्दछ । उक्त होटलको २०७०/११/२२ गते पछिल्लो नवीकरण गरीएको थियो ।
होटल डेला अन्नपूर्ण
काठमाडौंको लाजिम्पाटमा रहेको साग्रिला होटल पाँच तारे सुविधा सम्पन्न अर्को होटल हो । उक्त होटलको कुल पूँजी ६० करोड ७२ लाख रहेको छ । यस होटलको २०७३/०७/२७ गते पछिल्लो नवीकरण गरिएको छ ।
साग्रिला होटल
काठमाडौंको लाजिम्पाटमा रहेको साग्रिला होटल पाँच तारे सुविधा सम्पन्न अर्को होटल हो । उक्त होटलको कुल पूँजी १८ करोड रहेको छ । यस होटलमा १ सय वटा कोठा रहेका छन् भने १ सय ६८ वटा बेड रहेका छन् । २०७२/०३/०८ गते पछिल्लो नवीकरण गरिएको छ ।
द मल्ल होटल
द मल्ल होटल प्रालि काठमाडौंमा रहेको छ । यसको कुल पुँजी ५० करोड रहेको छ । यसको नवीकरण पछिल्लो पटक २०७६÷०५÷१९ गते गरिएको छ ।
पोखरा ग्राण्ड
पोखरामा रहेको पोखरा ग्राण्ड होटल एक चर्चित पाँच तारे होटल हो । यसको कुल पुँजी २६ करोड रहेको छ । यसको पछिल्लो पटक २०७६/०४/०२ मा नवीकरण गरिएको थियो ।
र्याडिशन होटल
लाजिम्पाट स्थित र्याडिशन होटल रहेको छ । सबै सेवा सुविधा सम्पन्न रहेको उक्त होटल पर्यटकको रोजाइको होटल हो । उक्त होटलमा २ सय ६० वटा कोठा रहेका छन् । यसको कूल पुँजी ९३ करोड ४२ रहेको छ । यसको पछिल्लो पटक नवीकरण गरिएका छैन । द होटल एभरेष्टपाँच तारे होटलहरु मध्ये एक हो, द होटल एभरेष्ट इन्टरनेशनल लिमिटेड । यो काठमाडौंको नयाँ बानेश्वरमा रहेको छ ।
टाइगरवान होटल
टाइगरवान होटल कोटिहवा रुपन्देहीमा रहेको छ । रुपन्देहीमा रहेको यो एक मात्र पाँच तारे होटर हो । उक्त होटलमा १ सयभन्दा बढी कोठा संख्या रहेका छन् । यसको कुल पुँजी २० करोड रहेको छ । यसको पनि पछिल्लो समय नवीकरण गरिएको छैन ।
सोल्टी शिवक्रिम होटल
सोल्टी शिवक्रिम होटल तथा रिसोर्टस नेपालगन्ज १९, बाँके मा रहेको छ । यो नेपालगञ्जको सोल्टी हस्पिटालिटी समेत रहेको एक मात्र पाँचतारे होटल हो । उक्त होटलको कुल पूँजी २ अर्ब रहेको छ । ८० वटा कोठा रहेको उक्त होटलमा ९९ वटा बेड रहेका छन् । यसको पछिल्लो पटक नवीकरण गरिएको छैन ।
होटल सेन्ट्रल प्लाजा
होटल सेन्ट्रल प्लाजा कोहलपुरमा रहेको छ । उक्त होटलको कुल पूँजी ६० करोड रहेको छ । यस होटलमा ८० वटा कोठा र ९९ वटा बेड रहेका छन् ।
होटल मेरियट
नक्सालमा रहेको होटल एभरेष्ट हस्पिटालिटी एण्ड होटल. (होटल मेरियट काठमाडौं) पाँच तारे होटल हो । उक्त होटलको कुल पूँजी २ अर्ब ६६ करोड ६० लाख रहेको छ । होटल मेरियटमा २ सय १४ कोठा र ३ सय ४४ वटा बेड रहेका छन् । होटल पछिल्लो समय सञ्चालनमा आएको हो । होटलको नवीकरण गर्ने समय न भएको छैन ।
छायाँदेबी कम्प्लेक्स (होटल अलफ्ट)
छायाँदेबी कम्प्लेक्स ठमेलमा रहेको छ । होटल अलफ्टको कुल पूँजी ५ अर्ब रहेको छ । यस कम्प्लेक्समा १ सय ६७ वटा कोठामा २ सय १६ वटा बेडहरू रहेका छन् । यसको पछिल्लो पटक नवीकरण गरिएको छैन ।
होटल मेची क्राउन
होटल मेची क्राउन झापाको मेचीनगरमा रहेको छ । सुविधा सम्पन्न अन्नपूर्ण होटलको कुल पूँजी एक अर्ब ५० करोड रहेको छ । यसको पछिल्लो पटक नवीकरण गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस