aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एक लाख ४५ हजारले लगाए कोरोना विरुद्धको खोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ माघ २०७७
एक लाख ४५ हजारले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज बेलुकासम्म एक लाख ४५ हजार ८४४ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा २० हजार १५५, प्रदेश नं २ मा १९ हजार ६६३, वाग्मती प्रदेशमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५ जनालाई खोप दिईएको छ । 

त्यस्तै, लुम्बिनी प्रदेशमा २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार एक जनालाई खोप दिइएको छ ।   

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभरि २०१ खोपकेन्द्रबाट अग्रपंत्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । 
 

प्रतिक्रिया दिनुहोस