aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

थप १७१ मा सङ्क्रमण पुष्टि, थप दुईको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ माघ २०७७
थप १७१ मा सङ्क्रमण पुष्टि, थप दुईको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८७८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ११२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ६०२  पुगेको छ । त्यस्तै पछिल्लो समय थप २२७ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६७ हजार २९२ पुगेको छ ।

अहिले देशभर दुई हजार २७७ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९२ जना क्वारेन्टिनमा रहेका छन् । दुई हजार २७७ जना आइसोलेशनमा छन् । हालसम्म नेपालमा २० लाख ८५ हजार ५७३ को पिसिआर परीक्षण भएको छ ।

सक्रिय सङ्क्रमितमध्ये ६१ जनाको आइसियु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै, नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ३३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दुई

प्रतिक्रिया दिनुहोस