aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

फन्ड ट्रान्सफर वा अनलाइनबाट बार्षिक रिचार्ज गर्दा डिशहोममा छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ माघ २०७७
फन्ड ट्रान्सफर वा अनलाइनबाट बार्षिक रिचार्ज गर्दा डिशहोममा छुट

काठमाण्डौं । डिश होमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिश होममा डिलर दाईको डिस्काउण्ट अफर ८८ जना ग्राहकले जितेका छन् ।  

अफर जित्ने  ८८ जना ग्राहकले नगद एक लाखका दरले रकम हात पारेका छन् । यस्तै वार्षिक रिचार्ज गर्ने ग्राहकले समेत रिजार्च रकममा आकर्षक छुट पाएका छन् । जसले गर्दा ग्राहकले न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्राप्त गरेका छन् । २ फागुन २०७६ देखि सञ्चालित ‘डिलर दाइको डिस्काउण्ट अफर’ को समयावधि अन्तिम चरणमा पुगेको छ । आगामी २९ माघसम्मका लागि मात्र यो अफर लागू हुने डिश होम नेटवर्कले जनाएको छ ।  

नेपालभरका डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर वा अनलाईन प्रणालीबाट बार्षिक रिचार्ज गरे बापत ‘विक्ली लक्की ड्र’ मा सहभागी हुने अवसर डिशहोमले दिएको छ । फण्ड ट्रान्सफरबारे आधिकारिक जानकारीका लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैका डिलर वा डिशहोम ग्राहक केन्द्रमा सिधै सम्पर्क गर्न सकिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस