
काठमाडौं । नेपालमा १०५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०५ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार ७०७ रहेको छ । संक्रमित मध्ये दुई लाख ६७ हजार ५६४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २ हजार १०८ रहेको छ ।
पछिल्लो २४ घण्टामा २७२ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या २०३५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस