aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एक नर्सको अपिलः मेरो श्रीमानलाई बचाई दिनुहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ माघ २०७७
एक नर्सको अपिलः मेरो श्रीमानलाई बचाई दिनुहोस

काठमाडौं ।  एकवर्षदेखि क्यान्सरको रोगबाट पीडित भरत बहादुर बुढा पाटनको पाटन अस्पतालको बेड नं २८२ उपचार गरिरहेका छन् । उनकी श्रीमति भेरी आस्पतालमा कार्यरत नर्स सुनिता कुमारलाई सहगोगको लागि अपिल गरेकी छिन । 

हाल उनको श्रीमानको काठमाण्डौंको पाटन अस्पतालको बेड नं २८२ मा उपचार भइरहेको र उनको अप्रेसन गर्नु पर्ने भएकोले सहयोगको अपिल गरेकी  हुन । घरको आर्थिक स्थिति दयनीय भएको हुदा सबैलाई हारगुहार गरेको उनले बताइन् ।           
   
भरत बहादुर बुढा विगत १ वर्ष देखि क्यान्सर पिडित भएर नियमित औषधि खाँदै हुनुहुन्थ्यो उनले भनिन। अहिले आएर अवस्था जटिल भएपछि  १० दिन अगाडिदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरको बेड नं २८२ मा भर्ना गराइ किमो थेरापिको उपचार गराई रहेको र तत्काल बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने  भएकाले आर्थिक सहयोग आवश्यक परेको हो उनले भनिन । 

 सहयोगी हात र मनलाई सुनिताको एनआइसी बैक खाता नम्बर 2087621718524001 मा रकम जम्मा गरेर सहयोग गरिरदिन उनले अपिल गरेकी छिन । 

प्रतिक्रिया दिनुहोस