
काठमाडौं । भुक्तानी सेवा प्रदान गर्ने ‘पे वेल’ नेपाल प्रालिको उद्घाटन भएको छ । सोमबार नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणि शिवाकोटीले ‘पे वेल’को उद्घाटन गरेका हुन् ।
वित्तीय, शैक्षिक, धितोपत्र, सहकारी, स्वास्थ्य, होटल, पर्यटन जस्ता व्यवसायीक क्षेत्रमा लामो समय अनुभव भएका व्यक्तिहरुको अग्रसरतामा ‘पे वेल’ नेपाल सञ्चालनमा आएको हो ।
यसले डिजिटल भुक्तानी सम्बन्धि सेवा प्रदान गर्नेछ । पैसा पठाउन, पाउन र तिर्न पेवेल नेपाल भन्ने नाराका साथ सञ्चालनमा आएको पेवेलले खासगरी विद्युत, खानेपानी, हस्पिटल, होटल, रेस्टुराको विल, टेलिफोन, इन्टरनेट, स्कुल, कजेजको फि तिर्न, हवाइ टिकट खरिद गर्न लगायत अन्य युटिलिटिज सर्भिसेजहरुको भुक्तानी गर्ने सेवा प्रदान गर्नेछ ।
साथै यस कम्पनीले सहज, सस्तो, भरपर्दो र सुरक्षित तवरले रकम पाउन, पठाउन, डिपोजिट गर्न र झिक्न, सेयर खरिद विक्रीको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका सेवाहरुको डिजिटल माध्यमबाट भुक्तानी गर्ने सेवा प्रदान गर्ने जनाएको छ ।
यस कम्पनीको एप्लिकेशन पेवेल नेपाल एण्ड्रोइड मोबाइलको प्ले स्टोर र आइओएसको एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । माघ २७ र २८ गते एप डाउनलोड गर्नेहरुलाई एकाउन्टमा अटोमेटिक रुपमा एक सय रुपैयाँ जम्मा हुनेछ ।
प्रतिक्रिया दिनुहोस