aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

अब सरकारी अस्पतालमा मात्रै कोभिड उपचार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ माघ २०७७
अब सरकारी अस्पतालमा मात्रै कोभिड उपचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पतालबाट मात्रै कोरोना भाइरस (कोभिड–१९) को उपचार सेवा दिने निर्णय गरेको छ । मन्त्रालयको स्वास्थ आपतकालीन तथा विपद् व्यवस्थापन इकाई केन्द्रले बुधबार यस्तो निर्णय गरेको हो ।   

मन्त्रालयले यसअघि कोभिड अस्पताल तोकेका मेडिकल अस्पतालहरुमा आजदेखि कोभिडका बिरामी भर्ना नलिन निर्देशन  दिएको छ । ती अस्पतालहरुलाई आजको मितिबाट १० दिन गन्ति गरेर शोधभर्नाबापतको रकम उपलब्ध गराउनेसमेत मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित बढेपछि सरकारीका साथै निजी मेडिकल कलेजलाई पनि कोभिड अस्पताल तोकेको थियो । 

प्रतिक्रिया दिनुहोस