aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० माघ २०७७
टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा

टोकियो । जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएक छन् । महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजिनामा दिएका हुन् । 

जापानका पूर्व प्रधानमन्त्री समेत रहनु भएका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गरेका थिए । उनले बैठकमा आफूले व्यक्त गरेका शब्दका कारण तनाबको वातावरण सिर्जना भएको भन्दै तत्काल लागू हुनेगरी राजीनामा दिएको बताएका थिए । 

मोरीलाई सन् २०१४ को जनवरीदेखि टोकियो ओलम्पिक आयोजक कमिटीको प्रमुख रहने गरी नियुक्त गरिएको थियो । उनले “महिलामा एक प्रकारको इष्र्या हुने गरेको छ, एक महिलाले केही भन्न लागे अरु पनि बोल्नैपर्ने जस्तो गरी बोल्न तम्सिन्छन्” भनेका थिए । 

मोरीले आफूले बोलेका कुराप्रति क्षमा मागेका छन् । तर उनको बोली र व्यवहार विरुद्ध निरन्तर आलोचना भइरहेको छ । मोरीको स्थानमा जापानी फुटबल संघका पूर्व अध्यक्ष ८४ वर्षीय काबुरो कावाबुची नियुक्त गर्ने प्रचार गरिएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस