aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अपडेटः सुरुङभित्रका १७ कामदार निकालियो, सबै सकुशल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
अपडेटः सुरुङभित्रका १७ कामदार निकालियो, सबै सकुशल

काठमाडौं । विहीबार साँझ ८ बजेदेखि उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको  शुख्खा पहिरोमा थुनिएका १७ जना कामदारको द्ददार कार्य सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जन भण्डारीका अनुसार गएरातिदेखि पहिरोमा थुनिएका सबै जनाको उद्दार गरि अहिले स्वास्थ्य परिक्षण गरिहेको जानकारी दिए । 

सुरुङभित्र ११ नेपाली र छ चिनियाँ नागरिक भएको र उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जुटिरहेको  प्रमुख भण्डारीले जानकारी दिए  । सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा घटना भएको थियो ।  रातभरी उद्दारमा कठिनाइ भएपनि आज विहान ७ बजे सबैको सहयोगले सफल भएको प्रमुख भण्डारीले बताए । 

सुरुङ क्षेत्रमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । त्यसैले अहिले आयोजनाको काम रोकिएको छ । केही उपकरणहरु सुरुङभित्रै थुनिएका छन् । तर, भौतिक क्षतिको विस्तृत विवरण  भने अझै आइन सकेको भण्डारीले बताए ।

उद्धारका लागि नेपाली सेनाको एक सेक्सन, सशस्त्र प्रहरीको २० जनाको टोली, जनपद प्रहरी ७ जना गरी ३८ जनाको टोली परिचालन भएको प्रमुख भण्डारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस