
एजेन्सी । सर्च ईन्जिन गुगललाई १.३ मिलियन डलर (लगभग १५.२ करोड रूपैयाँ) जरिवाना तिरेको छ । फ्रान्सेली नियामक नियकाले त्यहाका होटलहरुको ग्रेड गलत देखाएकाले उक्त जरिवना तिरेको हो । यसभन्दा पहिले गुगलले फ्रान्सका होटल उद्योगका वेबसाइटको बारेमा आधिकारिक स्रोतहरूबाट जानकारीहरू प्रयोग गर्थे जसमा होटलहरूलाई एकदेखि पाँच स्टार र्यांकिंग दिरिन्थ्यो ।
होटल मालिकहरूले फ्रान्सेली सरकारलाई गुगल र्यांकिंगको बारेमा गुनासो गरेका थिए । सरकारी एजेन्सीले २०१९ र २०२० मा ठगी र प्रतिस्पर्धाको बारेमा अनुसन्धान सुरु गरेको थियो । एजेन्सीको उद्देश्य उक्त प्लेटफर्म मार्फत ७५,०० संस्थाको सूचनाका बारेको जानकारीका बारेमा सत्य तथ्य पत्ता लगाउनु रहेको थियो ।
गुगलका अनुसार फ्रान्सका होटलहरुको नक्शा र दर्जा देखाउन आवश्यक परिवर्तनहरू गरेको जानकारी दिएको थियो । यस्तै गलत सूचनाका कारण गुगललाई पहिले पनि जरिवाना गरिएको छ ।
२०१९ डिसेम्बरमा, गुगललाई १६.७ मिलियन डलर जरिवाना गरियो । यी जरिवाहरू फ्रान्सको प्रतिस्पर्धा प्राधिकरणले अनलाइन विज्ञापन बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेको कारण लगाएको थियो छ।
गत वर्ष डिसेम्बरमा फ्रान्सकै डेटा गोपनीयता संगठनले गुगल र अमेजनलाई १६.३ करोड डलर विज्ञापन कुकिजहरूमा देशको नियमहरू तोडेको आरोप लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस