aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

थप १२५ जनामा कोरोना पुष्टि, ९१ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ फागुन २०७७
थप १२५ जनामा कोरोना पुष्टि, ९१ जना निको भए

काठमाडौं । नेपालमा १२५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२५ जना नयाँ संक्रमित थपिएका हुन् ।    
       
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७० रहेको छ । संक्रमित मध्ये दुई लाख ६९ हजार ३९४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या एक हजार ६२१ रहेको छ ।   
    
पछिल्लो २४ घण्टामा ९१ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या शुन्य रहेको छ । योसंगै मृत्यु हुनेको संख्या २०५५ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस