aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ललितपुर महानगरपालिकाबाट गौतमबुद्ध रङ्गशालालाई २० लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ फागुन २०७७
ललितपुर महानगरपालिकाबाट गौतमबुद्ध रङ्गशालालाई २० लाख सहयोग

ललितपुर । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई रु २० लाख आर्थिक सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज धुर्मुस– सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेशनले लिएर गरेकामा धुर्मुस–सुन्तलीको  प्रशंसा गर्दै सो रङ्गशालाले नेपाललाई अन्तरराष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्त गरे ।

 फाउण्डेशनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको बताए । उनले भने, “आउँदो १४ महिनामा रङ्गशाला निर्माणको काम पूर्ण रुपमा सम्पन्न गर्ने विश्वास लिएका छौं । यदि मुलुकको अवस्था सामान्य हुँदै गएमा तोकिएकै समयमै काम सम्पन्न हुनेछ ।” सो रङ्गशालामा २२ विधाका खेल खेल्न सकिन्छ । रङ्गशालामा ७७ जिल्लाका नाममा फरकफरक कक्ष निर्माण हुनेछ  जसमा ललितपुर नामक कक्ष पनि निर्माण गरिने छ । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरपालिकाले रङ्गशालालाई रकम सहयोग गरी गर्न बाँकी रहेका काममा सानो मद्दत पु¥याएको जनाए  । 

प्रतिक्रिया दिनुहोस