aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सिरहामा पाँच हजारले लगाए कोरोना विरुद्धको खोप

  • रासस
    रासस
  • आइतबार, ०९ फागुन २०७७
सिरहामा पाँच हजारले लगाए कोरोना विरुद्धको खोप

सिरहा । सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालित  खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा तीन हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप लगाएका हुन् । 

सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल  र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको  कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।  खोप लगाउनेमा स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी तथा निजामती कर्मचारी र जनप्रतिनिधि रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस