aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सात दिनभित्र कोरोना बिमितको सही विवरण पठाउनूः स्वास्थ्य मन्त्रालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० फागुन २०७७
सात दिनभित्र कोरोना बिमितको सही विवरण पठाउनूः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात दिनभित्र बिमितको सही विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयले कोरोना बिमा दाबी भुक्तानी प्रमाणिकरणको क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै सात दिनभित्र बिमितको सही विवरण पठाउन निर्देशन दिएको हो । 

सोमबार मन्त्रालयले सूचना जारी गर्दै सात दिनभित्र सोमबारभन्दा अगाडिको मितिमा परीक्षण गरिएको तर तोकिए अनुसार विवरण छुट भएका विवरण तोकिएको ढाँचामा अलग्गै सफ्टकपी अनिवार्य रुपमा पठाउन निर्देशन दिएको छ । तोकिए बमोजिमको समयभित्र र ढाँचामा ती विवरण उपलब्ध नभएमा कोरोना बिमा दाबी प्रमाणीकरण लागि अयोग्य ठहरिनेछन् । नियमित रुपमा तोकिएअनुसार रिर्पोटिङ नगरिएको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गरी नियमानुसार कारबाही समेत गरिने मन्त्रालयले चेतावानी दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सूचनामा मन्त्रालयले केही व्यक्ति कोभिड–१९ परीक्षण गरिएको मितिभन्दा अगाडिको मितिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा ईडिसिडीमा रिर्पोटिङ भएको उल्लेख छ । ती विवरण कोरोना बिमा दाबी भुक्तानीका लागि प्रमाणीकरण अयोग्य भएको छ । 

प्रतिक्रिया दिनुहोस