aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

साथी बचाउन खोज्दा, झण्डै ज्यान गएन

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • आइतबार, ०८ असार २०७६
साथी बचाउन खोज्दा, झण्डै ज्यान गएन

भैरहवा । स्थानीय खेलाडी बिच भएको झगडा मिलाउन खोज्दा धारापानीका २६ वर्षीय शम्भु शाही मरणासन्न हुने गरी कुटिएका छन् । उनको अहिले ललितपुरस्थित नेपाल मेडिसिटि हस्पिटलमा उपचार भैरहेको छ । झगडासाम्य भएपछि होटेलमा लुकेर बसेका ढाकाबाँङका केही युवाहरुले शम्भु शाहीलाई पहिला बियरको बोत्तलले टाउकोमा हिर्काए र त्यहीँ फुटेको त्यही बोत्तलले पेटमा रोपेका थिए ।

घटनास्थलमा बोहोस् भएका शम्भु शाहीलाई स्थानीय जनता र प्रहरीको सहारामा जिल्ला हस्पिटल पुर्याईएको थियो । उनको त्यहाँ उपचार हुन नसकेपछि भैरहव मेडिकल कलेजमा रिफर गरिएको थियो । शाहीको अवस्था झनै नाजुक बन्दै गएपछि घाइतेका दाई पवनले भाईको थप उपचारका लागि हेलिकप्टर चार्टर गरेर नेपाल मेडिसिटि ल्याएका थिए ।

अहिले शाहीको अबस्था सुधार हुँदै गएको उपचारमा संलग्न डाक्टर सुनिल कुमार शर्माले बताए । शम्भुको पेटमा शिशाको टुक्र के छ भनेर हेर्न घाउ लागेको भन्दा अर्को ठाउँमा चिर्नु परेको बताए । 

घटना किन घट्यो ?

भूमिकास्थान नगरपालिका धारापानीस्थित ठूलाखर्क युथ क्लबले जेठ ३२ गते शनिवार क्रिकेट खेलको आयोजन गरेको थियो । खेल ठूलो थिएन । गाउँकै साथीभाई मिलेर खेलका थिए । खेल खाकाबेंसीमा भएको थियो । खेलमा तोकिएको खेलाडी भन्दा नयाँ अनुहारदेखेपछि दुई टिमबिच सामान्य भनाभन भएको, खेलमा सहभागि अनिल आचार्यले बताए । अनिल आचार्य तिनै स्थानिय खेलाडी हुन,जसलाई बचाउन खोज्दा शम्भुलाई ६ जना मिलेर  मरणासन्न हुने गरी कुटेका थिए ।

गाउँका खेलाडीबीच विवाद साम्य नहुँदा दुई दिनपछि मेलामा झडप भएको थियो । असार २ गते गाउँकै भूमिकास्थान मन्दिरमा जेठे पूर्णिमाको ठूलो मेला लागेको थियो । मेला हेर्न आएका क्रिकेट खेलाडी ढाकावाङका ६ जना युवाले, अनिल आचार्यलाई मेलास्थलमै कुटपिट गरे । मेलामा साथीलाई कुटेको देखेपछि प्रहरीको सहयोगमा शाहीले बचाएर उनलाई राखे ।

केही समयपछि साथीलाई झगडा गर्नु राम्रो हुँदैनभन्दै घटनास्थलभन्दा केही परको होटलमा खाजा खान लगे । उनीहरुभन्दा पहिला मेलामा अनिललाई ज्यानलिने उदेश्यले आक्रमण गरेको ६ जनाको टिम होटलरमा लुकेर बसेका रहेछन् । प्रहरीको आँखा छल्दै शाहीलाई पछाडिबाट वियरको बोत्तलले पहिला टाउकोमा हाने, त्यसपछि फुटेको त्यही बोत्तलले पेटमा रोपेका थिए, अनिलले सुनाए ।

उपचारमा लागेका उनका दाई पवन शाहले भने ‘झगडा गर्नु हुँदैन भनेर छुट्टाउन जाँदा भाइको यस्तो हालत भयो, हामी अन्यायमा परेका  छौँ, भाइको ती खेलाडीहरुसँग कुनै सम्बन्ध छैन, उ खेलाडी पनि होइन, काठमाडौंमा बसेर अहिले कोरियन भाषा पढ्दै छ । दुई दिन अघि मात्रै घर गएको  थियो ।

घटनाको बारेमा सुनाउँदै खेलमा सहभागी अनिल आचार्यले भने ‘ढाकावाङको टीमले नाम दर्ता भएका खेलाडी बाहेक बाहिरको मान्छे राखेपछि मैले किन बाहिरको राखेको भनेर सोधेको थिएँ, त्यसपछि झगडा भयो, पछि साम्य भएर खेल्यौं, खेलमा हामी पहिलो दिनमै दुई समुह पराजित भयौं ।’

‘मेलामा क्रिकेट खेलेका ढाकावाङका साथीले बोलाए, चिनेजानेकै गाउँकै साथीले बोलाएपछि म गएँ, एक्कासी अपरिचित व्यक्तिले क्रिकेट खेल्दा बढी बोल्ने भनेर टाउको र मुखमा हिर्काए, शम्भु र प्रहरीले झडपबाट बचाएर ल्याए, पछि होटलमा खाजा खाँन जाँदा शम्भुलाई पछिबाट बियरको बोत्तलले हानेँ । शम्भुले क्रिकेट खेलेका थिएनन् । गाउँमा क्रिकेटको कुनै खेल प्रतियोगिता थिएन । गाउँका साथीभाई मिलेर टीम बनाएर खेल भएको थियो । गाउँका कोही पनि क्रिकेट खेलाडी थिएनन् । साथीभाइ मिलेरै रमाइलोको लागि खेलिएको खेल थियो, अनिलले भने ।’

‘उनीहरु मेरो ज्यान लिने उद्देश्यले आक्रमण गरेका रहेछन्, साथी र प्रहरीको कारण मलाई त केही भएन, साथी यस्तो हालतमा छ, साथी  अनाखमा कुटिनु प¥यो, उनले भने । घाइते साथी भेट्न अनिल अहिले काठमाडौँ आईपुगेका छन् ।

कुटपिट गर्ने ६ जना प्रहरी नियन्त्रणमा

शाहीलाई मरणासन्न हुने गरी कुटपिट गर्नेे ६ जनालाई प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको छ । घटना भएकै दिन ढाकावाङका नुमबहादुर गमाल र लिलबहादुर गमाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटनापछि भाग्न सफल भएका बाबुराम गमाल, हिमबहादुर थापा गमाल, सुरजबहादुर थापा र छपबहादुर घर्तीलाई बिहीबार गाउँबाटै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी प्रक्रिया अघि बढाइएको उनले बताए । तर, घटनामा संलग्नलाई दोसीलाई बचाउन जिल्लाका केही पूर्वमाओवादीहरु चलखेल गरेको स्रोतले जनाएको छ । घटनामा संलग्न दोसीहरु नेकपाका समर्थक हुन् ।

प्रतिक्रिया दिनुहोस