aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ फागुन २०७७
सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ९पिएसएल० खेल्न आज त्यसतर्फ उडेका छन । उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन । 

लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो । जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पिएसएलको बीचमा नै प्रतियोगिता छोड्नु परेको हो । 

उनको स्थानमा लाहोरले लामिछानेलाई छनोट गरेको हो । लामिछाने कतार एअरवेजमार्फत दोहा हुँदै कराँचीतर्फ लागेका हुन । यसअघि लामिछाने पिएसएलको ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा रहेका थिए । उक्त ड्राफ्टमा नेपालबाट उनीसहित पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अभिनास बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख समावेश रहेका थिए । 

लाहोर कलन्दर्सले जारी प्रतियोगितामका तीन खेलमा दुईमा जीत तथा एकमा हार बेहोरेको छ । लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ । लामिछानेले यसअघि सन् २०१९ मा पनि लाहोरबाट नै खेलेका थिए । सन्दीपले सात खेलमा ११ विकेट लिएका थिए । सन् २०२० मा भने उनले पिएसएल खेल्न पाएका हुन । रासस

प्रतिक्रिया दिनुहोस