aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विश्वकप क्रिकेट : पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
विश्वकप क्रिकेट : पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । इङ्ग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) पाकिस्तान र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन् ।

लण्डनस्थित क्रिकेटको मक्का मानिने लड्स मैदानमा हुने खेलमा पाकिस्तान र अफ्रिकाबीचको खेल नेपाली समयअनुसार सबा ३ बजे सुरु हुनेछ ।

विश्वकप क्रिकेटमा लय समात्न नसकेका दुवै टोली एक अर्काविरुद्ध जित निकाल्ने लक्ष्यमा रहेका छन् । अफ्रिकाले ६ खेलबाट अहिलेसम्म ३ अंकमात्रै जोड्न सकेको छ भने पाकिस्तानले ५ खेलबाट समान ३ अंक नै जोडको छ । अंकतातालिकामा आठौं र नवौं स्थानमा यी टोली रहेका छन् ।

लगातार कमजोर प्रदर्शन गर्दै आएका यी टोलीलाई प्लेअफमा स्थान बनाउन भने कठिन रहेको क्रिकेट विश्लेषकले दावी गर्दै आएका छन् । आजको खेल जित्दै अफ्रिका र पाकिस्तान अंक तालिकामा समेत सुधार गर्ने योजनामा छन् । यता दुवै टोलीका खेलाडीहरुले आपुहरुले राम्रो खेल्दै एक–अर्काविरुद्ध राम्रो खेल्ने बताएका छन् ।

  •  

प्रतिक्रिया दिनुहोस